उद्योग क्षेत्रकोे समस्या समाधान सरकारले गर्नुपर्छ : सुमार्गी

साझाकुरा
२०७९ पुष १३, बुधबार १२:३५

हेटौंडा-नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले उद्योग क्षेत्रमा पछिल्लो समय देखिएको समस्या समाधानको लागि सरकारले कदम चाल्नुपर्ने बताएका छन् । तुलसीपुर उद्योग वाणिज्य महासंघको बैठकमा बोल्दै सुमार्गीले उद्योग क्षेत्रमा पछिल्लो समय देखिएको समस्या समाधानको लागि सरकारले कदम चाल्नुपर्ने बताएका हुन् ।सुर्खेत उद्योग बाणिज्य संघको ३९ औ वार्षिक साधारण सभामा समेत सहभागी भएका सभापति सुमार्गीले जिल्ला नगरका उद्योगी यतिबेला चर्को ब्याजदरमा व्यवसाय अगाडी बढाउन नसक्ने स्थितीमा रहेको भन्दै राष्ट्र बैँक र अर्थ मन्त्रालयले समयमै ब्याजदर नियन्त्रण नगरे थप आन्दोलनमा जानुपर्ने स्थिती आउनसक्ने बताए ।

सुमार्गीले उद्योगी व्यवसायी धरासायी हुन पुगेको भन्दै महासंघको नेतृत्वले गम्भिर भएर पहलकदमी लिनपर्नेमा जोड दिए । कर्णाली प्रदेशका मुख्यमन्त्री जिवनबहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा विभिन्न उद्योगी तथा व्यवसायीको उपस्थिती रहेको थियो ।सुमार्गी त्यसपछि पौष ११ गते सोमबार चौथो जाजरकोट महोत्सवको उदघाटनमा अतिथीको रुपमा सहभागी भएका थिए । सुमार्गीले देशलाई उत्पादनतर्फ अगाडी बढाउन र उत्पादित बस्तुको बजारीकरण गर्नको निमित्त महोत्सवले टेवा पु¥याउने बताए ।

सुमार्गीले कृषिमा नयाँ नयाँ खोज अनुसन्धान हुनपर्ने बताउदै सरकारले कृषिको विकासको लागि नयाँ ढंगबाट अघि बढ्नुपर्ने बताए । सुमार्गी सुर्खेत, जाजरकोट, दाङ हुँदै लुम्बिनी प्रदेशको मुख्य शहर बुटवलमा विभिन्न उद्योगी, व्यवसायीसंग थप अन्त्क्रिया गर्ने कार्यक्रम तय भएको छ ।सुमार्गी यतिबेला देशका विभिन्न स्थानमा उद्योगी तथा व्यवसायीको गुनासो सुन्दै उनीहरुको धारणा बुझ्न यात्रामा छन् । सुमार्गी महासंघको आगामी नेतृत्वको लागि जिल्ला नगरतर्फ केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिने तयारीमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*