मनहरीको आमाघरमा पूर्व राजा परिवार

साझाकुरा
२०७९ पुष १४, बिहीबार ११:५४

मनहरी गाउँपालिका–८ सिमपानीस्थित आमाघर आश्रममा पूर्व राजा ज्ञानेन्द्र शाह पुगेका छन् । बाराको सिमरास्थित बिमानस्थलमा अवतरण भई चितवनतर्फ जाने क्रममा पूर्वराजा र पूर्व रानी कोमल शाहसहित उनको परिवार सिमपानीस्थित आमाघर आश्रममा पुगेका हुन् । राजपरिवार आश्रम पुग्दा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती,८ नम्वर वडाध्यक्ष नारायण उप्रेती,आश्रम सञ्चालन समितीको अध्यक्ष रामचन्द्र उप्रेती लगायतको उपस्थिती थियो । राजारानीलाई आश्रममा रातो कार्पेट ओछ्याएर स्वागत गरिएको थियो । केहिबेर आश्रममा बसेका उनीहरु बुधबार नै चितवनर्फ लागेका छन् । पूर्वराजा ज्ञानेन्द्र आफै गाडि चलाउदै चितवनतर्फ लागेका थिए

यसमा तपाइको मत

Your email address will not be published.


*