आश्रमलाई कम्बल सहयोग
हेटौंडा- हेटौंडामा मुख्य कार्यालय रही घरवार बिहीन नागरिकहरुलाई आश्रय दिइरहेको मानव सेवा आश्रममा कम्बल सहयोग भएको
छ ।आश्रममा आश्रितहरुलाई जाडो मौसममा न्यानो होस् भन्ने उद्देश्यले रुँगटा वेलफेयर सोसाइटी बिरगञ्जले मानव सेवा आश्रम हेटौंडालाई कम्बल सहयोग गरेको हो । पोषक व्रिडर फार्म प्रालि हेटौंडा र ओसीबी पैलेट फिड हेटौंडाको सहयोगमा आश्रमलाई २ सय ५० वटा कम्बल सहयोग
गरिएको हो । सोसाइटी तथा कम्पनी अध्यक्ष मुरलीधर रुँगटाले आश्रमका सहयोगीहरुलाई ऊक्त सामग्री हस्तान्तरण गरेका थिए ।
आश्रमले लामो समयदेखि सडक मानव मुक्त देश बनाउनका लागि काम गरिरहेको छ । आश्रममा सडकपेटीमा भेटिएकाहरु आश्रित छन् । कम्बल हस्तान्तरण कार्यक्रममा रुँगटा वेलफेयर सोसाइटीका पदाधिकारी एवम् सदस्य, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक बामदेव गौतम र उद्योग वाणिज्य संघ मकवानपुर उपाध्यक्ष राजु अधिकारीलगायत सहभागी थिए ।







