लायन्स क्लबद्वारा न्यानो कपडा र शैक्षिक सामग्री वितरण

साझाकुरा
२०७९ पुष १५, शुक्रबार १२:०८

हेटौंडा-लायन्स क्लब अफ मकवानपुरले एक सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ । क्लवले बिहिबार हेटौंडा–१ घ्यानसिङटारमा रहेको सरस्वती प्राथमिक विद्यालयका ५० विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सामग्री वितरण गरेको हो । क्लबका अध्यक्ष अमित शर्मा नेतृत्व टोली विद्यालयमै पुगेर विद्यार्थीलाई स्वीटर,टोपी जस्ता न्यानो कपडा र शैक्षिक र खेलकुद सामग्री र विद्यालयलाई ८ वटा प्लास्टिकका कुर्सी सहयोग गरेको छ ।

सहयोग गरेको सामग्री विद्यालय व्यवस्थापन समिति अध्यक्ष लवाङ लामा र प्रधानाध्यापक र शिक्षकको उपस्थितीमा हस्तान्तरण गरिएको हो । कार्यक्रममा लायन्स क्लब अफ मकवानपुरका एरिया चिफ विकेशलाल श्रेष्ठ र क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थिए। चिसो मौसमका कारण विद्यार्थीलाई विद्यालय आउन समस्या परेकोले,विद्यालय व्यवस्थापन समिति अध्यक्ष लवाङ लामाको समन्वयमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको क्लबका अध्यक्ष शर्माको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*