कारको ठक्करले बालक घाइते

साझाकुरा
२०७९ पुष १६, शनिबार ०८:३३

हेटौंडा- मकवानपुरमा भारतीय नम्बर प्लेटको कारको ठक्करले एक बालक घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत् मनहरी गाउँपालिका–९ ज्यामिरेस्थित चितवनतर्फ जाँदै
गरेको भारतीय नम्बर प्लेटको कारको ठक्करले एक बालक घाइते भएका हुन् । बीआर ०१ एफभी २८१९ नम्बर कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
कारको ठक्करबाट स्थानीय सानु परियारको छोरा १० वर्षीय राजेश परियार घाइते भएका छन् । कारको ठक्करबाट टाउकोमा चोट लागेर घाइते भएका बालकको उपचारको लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ । कार र चालक प्रहरी नियन्त्रण रहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*