रोकिएन मानव अधिकारबिरुद्ध घटना

साझाकुरा
२०७९ पुष १७, आईतवार ०९:४९

हेटौंडा- मकवानपुरमा मानव अधिकार उल्लङ्घनको घटनामा कुनै परिवर्तन नआएको एक अध्ययनले देखाएको छ । अंग्रेजी वर्ष स्न २०२१ र स्न २०२२ मा मानव अधिकारविरुद्धको घटनामा कमी नआएको मानव अधिकारको क्षेत्रमा वर्षौदेखि काम गर्दै आइरहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जानकारी दिएको छ । शनिबार हेटौंडामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ प्रकाशनका लागि मकवानपुरको सन् २०२२ को मानव अधिकारको स्थिति पूर्व वार्षिक समिक्षामा प्रस्तुत तथ्याड्ढले मानव अधिकारको घटनामा कुनै परिवर्तन नआएको देखिएको छ । राज्य पक्षदेखि
अन्य पक्षबाट पनि मानव अधिकार हनन्का गतिविधि भएको इन्सेकले जनाएको छ । सन् २०२२ को अवधिमा मकवानपुरमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७० वटा घटना भएको इन्सेकको तथ्याड्ढमा छ ।

राज्य पक्षबाट ७ जना र अन्य पक्षबाट ६६ जना मानिस पीडित भएको जनाइएको छ । पीडित हुनेमा ५० जना महिला, २२ जना पुरुष र १ जना लैङ्गिक तथा अल्पसंख्यक महिला छन् । बाल अधिकारका घटनामा २५ जना बालिका पीडित भएकोमा २१ जना बलात्कारका ३ जना यौन दुव्र्यवहारका घटना र १ नवजात शिशु हत्याको घटनामा पीडित भएको इन्सेक मकवानपुरका प्रतिनिधि पुष्पराज अधिकारीले जानकारी दिए । महिला अधिकारका घटनामा २५ जना पीडित भएकोमा १० जना बलात्कार, ४ जना बलात्कारको प्रयास, ४ जना बहुविवाह र १ जना बेचबिखनको घटनामा पीडित भएको इन्सेकमा अभिलेख भएको छ ।

यस अवधिमा ८ वटा हत्याका घटना भएका छन् । जसमा ३ जना महिला र ५ पुरुष छन् । यस्तै, १४ वटा हत्या प्रयासका घटनामा ३ महिला, १० जना पुरुष र १ जना लैङ्गिक तथा अल्पसङ्ख्यक महिला पीडित भएको इन्सेकमा अभिलेख भएको छ । २०२२ मा परिवारबाट ४ जना बालिकासहित ५ ओटा बलात्कार, १ यौन दुव्र्यवहार, १ बलात्कार प्रयास र १ नवजात शिशु (छोरी)सहित ६ ओटा हत्याको घटना इन्सेकमा अभिलेख रहेको छ । इन्सेकको अभिलेखालयमा गत वर्ष सन् २०२१ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७८ वटा घटनामा अन्य पक्षबाट ७८ जना मानिस पीडित भएका थिए । जसमध्ये ७३ जना महिला र ५ जना पुरुष पीडित भएका हुन् ।

बाल अधिकारका घटनामा ३४ जना बालिकामा २८ जना बलात्कार, ५ जना यौन दुव्र्यवहार र १ जना बेचबिखनको प्रयासबाट पीडित भएका छन् । महिला अधिकारका घटनामा ३३ जना पीडित भएकोमा २१ जना बलात्कार, ५ जना बलात्कार प्रयास, १ जना यौन दुव्र्यवहार र ६ जना बहुविवाहको घटनामा पीडित भएको इन्सेकमा अभिलेख भएको छ । यस अवधिमा १० ओटा हत्याका घटना भएका छन् । जसमा ५ जना महिला र ४ पुरुष छन् । एक कुटपिटको घटना इन्सेकमा अभिलेख भएको छ । सन् २०२० मा मकवानपुरमा ६२ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५० जना महिला, १२ जना पुरुष र एक लैङ्गिक तथा अल्पसंख्यक महिला पीडित भएको तथ्याङ्क छ ।

विगतका तीन वर्षको अवस्थालाई मूल्याड्ढन गर्दा मानव अधिकारविरुद्धको घटनामा उल्लेखनीय परिवर्तन नआएको इन्सेकले जनाएको छ । २०२० मा भन्दा २०२१ मा घटना बढेका थिए भने २०२२ मा आएर ७ वटा घटना कम छन् । तर, मानव अधिकार उल्लङ्घनको अवस्थालाई सुधारात्मक भन्न नसकिने इन्सेकले जनाएको छ । मानव अधिकारको रक्षा गर्नुपर्ने प्रमुख दायित्व बोकेको राज्य पक्षबाटै मानव अधिकार उल्लङ्घनको घटना भएको इन्सेकले जनाएको छ । निर्वाचन बिरोधि गतिविधि गरेको भन्दै हेटौंडाबाट नेकपा बहुमत पार्टीका सात जनालाई प्रहरीले ४ मंसिरमा गिरफ्तार गरेको घटनालाई इन्सेकले राज्य पक्षलाई दोष देखाएको छ ।

इन्सेकको अभिलेखमा कुटपिटतर्फ हेटौंडामा दुई पत्रकार कुटिएको घटना समावेश भएको छ । बागमती एक्सप्रेस साप्ताहिकका प्रकाशक रमेश बञ्जारा र सोही पत्रिकाका स्तम्भकार रामकुमार
रिजाल (एलन) माथि १८ मंसिरमा समाचार प्रकाशनको विषयलाई लिएर कुटपिट गरेको घटनालाई मानव अधिकार उल्लङ्घन भएको इन्सेकले जनाएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) का उम्मेदवार ईन्द्रबहादुर बानियाँ चढेको गाडिमा १ मंसिरमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले तोडफोड गरेको घटनालाई पनि इन्सेकले मानव अधिकारबिरुद्ध लिएको छ । हेटौंडा क्याम्पसमा परीक्षा दिन आएकी २१ वर्षीया छात्रामाथि परीक्षा हलभित्र प्रवेश गर्दा जाँचको क्रममा गार्डले दुव्र्यवहार गरेको विषयमा इन्सेकको अभिलेखमा छ । इन्सेकले केही घटनालाई यसरी अभिलेख गरेको छ ।

नवजात शिशु हत्या
नवजात शिशुको हत्याको आरोपमा प्रहरीले कैलाश गाउँपालिका १० की ३६ वर्षीया आमा फूलमाया मोक्तानलाई ०७८ चैत ११ गते गिरफ्तार गरेको थियो । आरोपितले चैत १० गते जन्मिएकी छोरीलाई सालनालसहित सोही स्थानको कपसिरी जंगलमा गाडेर हत्या गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले हत्याको आरोपमा मकवानपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । जिल्ला न्यायाधिसको इजलाशले अभियोग दाबी नपुग्ने भनी आरोपितलाई सफाई दिएको छ ।
परिवारजनबाट बलात्कार
१६ वर्षीया बालिकालाई ०७९ वैसाख १५ गते बलात्कार गरेको आरोपमा प्रहरीले राक्सिराङ गाउँपालिका–७ सरोबोमका २९ वर्षीय काकालाई ०७९ असोज ८ गते गिरफ्तार गरेको थियो । पीडित पक्षले ०७९ वैशाख १७ गते इलाका प्रहरी कार्यालय मनहरीमा उजुरी दिए । इलाका प्रहरी कार्यालय मनहरीले आरोपितविरुद्ध ०७९ असोज २६ गते मकवानपुर जिल्ला अदालतमा हाडनाता करणी कसुरमा मुद्दा दर्ता ग¥यो । जिल्ला न्यायाधीस श्रीप्रसाद सञ्जेलको इजलासले कात्तिक ३ गते आरोपितलाई पुर्पक्षका लागि थुनामा पठायो । १८ वर्षीया महिलालाई ०७८ चैत १८ गते बलात्कार गरेको आरोपमा ३२ वर्षीय जेठाजुबिरुद्ध पीडितले चैत २१ गते इलाका प्रहरी कार्यालय मनहरीमा उजुरी दिएकी थिइन् । जिल्ला न्यायाधीस कमलराज विष्टको इजलासले आरोपितलाई ०७९ वैशाख १६ गते आरोपितलाई पुर्पक्ष थुनामा पठायो ।
बलात्कार

३२ वर्षीया महिलालाई ०७८ चैत १ गते बलात्कार गरेको आरोपमा राक्सिराङ गाउँपालिका–८ खैराङ घर भई मनहरी गाउँपालिका–६ सुनाचुरी बस्ने ३२ वर्षीय कृष्ण भन्ने दूधराज बिसुरालविरुद्ध पीडित पक्षले जेठ १९ गते इलाका प्रहरी कार्यालय मनहरीमा उजुरी दिए । आरोपितलाई प्रहरीले ०७९ जेठ २० गते गिरफ्तार ग¥यो । पीडित महिलाको प्राथमिक स्वास्थ केन्द्र मनहरीमा स्वास्थ परीक्षण जेठ १९ गते भयो । प्रहरीले आरोपित विरुद्ध जेठ २४ गते मकवानपुर जिल्ला अदालतमा जबर्जस्ती करणी कसुरमा मुद्दा दर्ता ग¥यो । जिल्ला न्यायाधीस डिल्लिरत्न श्रेष्ठको इजलासले ०७९ असार १४ गते पुर्पक्षका लागि थुनामा पठायो । ०७९ असोज ३० गते न्यायाधीस श्रीप्रसाद सञ्जेलको इजलासले मुद्दाको अभियोग दाबी नपुग्ने भनी पैmसला सुनाएको थियो ।
परिवारजनबाट हत्या
भारत मध्येप्रदेश जिल्ला भोपालथाना गोबिन्दपुरा घर भई बकैया गाउँपालिका–५ तीनतले बस्ने २९ वर्षीया जिया उदासी हत्याको आरोपमा प्रहरीले ०७९ वैशाख १२ गते ३० वर्षीय पति गगनकुमार सोनीलाई गिरफ्तार ग¥यो । आरोपितले ०७९ वैशाख ११ गते तीनतलेस्थित लालबहादुर स्याङ्बोको घरमा डेरामा पत्नीको घाँटी थिची हत्या गरेको भनी पीडित पक्षले वैशाख १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । शवको पोष्टमार्टम वैशाख १२ गते हेटौंडा अस्पतालमा भयो । जिल्ला न्यायाधीस डिल्लिरत्न श्रेष्ठको इजलासले ०७९ जेठ १४ गते आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*