मकवानपुरगढीका गाईमा देखियो ‘लम्पी स्कीन’ रोग

साझाकुरा
२०७९ पुष १८, सोमबार १२:०४

हेटौंडा-मकवानपुरगढी गाउँपालिकाभित्र गाईहरुमा नयाँ रोक देखिएको पशु चिकित्सकहरुले पत्ता लगाएका छन् । मकवानपुरगढी–३ मा पालिएका गाईहरुमा भाईसरबाट लाग्ने ‘लम्पी स्कीन’ रोग पुष्टि भएको गाउँपालिकाको पशुपंन्छी विकास शाखाले जानकारी दिएको छ । स्थानीय मधुसुदन दाहालको लक्ष्मी नाराणयन बहुद्देश्यीय कृषि फर्मका ८ वटा गाईहरुको स्वाब संकलन गरी केन्द्रीय पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला काठमाडौं पठाइएकोमा ३ वटा गाईमा रोग पुष्टी भएको पालिकाको पशुपंन्छी विकास शाखा प्रमुख सत्यनाराण साहले जानकारी दिएका छन् ।

राईमा देखिएको रोग बारे गाउँपालिकाले पशुपालक किसानहरुसँग अन्र्तक्रिया गरेको छ । अन्र्तक्रियामा गाईमा देखिएको ‘लम्पी स्कीन’ रोगबाट बच्ने उपाय, रोग निधानका उपाय, गाईहरुमा गरिने उपचारलगायतका विषयमा जानकारी दिइएको थियो । मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतान्ले किसानहरुलाई नआत्तिन आग्रह गरेका छन् । ‘लम्पी स्कीन’ रोग लाग्दा पशुमा १ सय ४ देखि १ सय ५ फरेन्टहाई सम्म उच्च ज्वरो आउने, उत्पादन घट्ने, वजन घट्ेने, शरिरमा फोकाफोका आउने, ¥याल सिंगान बगाउने जस्ता लक्षण देखिएको छ । रोकबाट पशु मृत्यु दर भने कम हुने र खास उपचार नभएपनि यी लक्षण देखिएमा नजिकको पशु प्राविधिकलाई सम्पर्क गर्न र कृषकलाई विशेष सावधानी अपनाउन पशु शाखा प्रमुख साहले आग्रह गरे ।

एउटा पशुमा लागेको रोग अर्को पशुमा सर्न नदिनका लागि रोगी पशुलाई कम्तीमा १५ दिनसम्म छुट्टै राख्ने, , गोठमा लाम्खुट्टे, झिंगा नियन्त्रण गर्न, भिरकोन स्प्रे गर्न कृषकहरुलाई अनुरोध गरिएको छ । ‘लम्पी स्कीन’ रोग मानिसमा नसर्ने भएकाले रोग लागेको पशुको दुधलाई राम्रोसंँग उमालेर पिउन सकिने शाखा प्रमुख साहको भनाई छ । गाउँपालिका अध्यक्ष स्याङ्तानले अब एकद्धार प्रणालीबाट रोग निधान गर्दै निःशुल्क उपचारको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले दुग्ध सहकारीहरुलाई किसान सचेतनाका कार्यक्रम गर्न अनुरोधसमेत गरे ।

किसानहरुसँगको अन्र्तक्रिया कार्यक्रममा ३ नम्बर वडा अध्यक्ष भागवत घिमिरेले सबै कृषकहरुले पशु बिमामा जोड दिन आग्रह गरेका छन् । उनले पालिकालेसमेत उपचारमा आवश्यक बजेट छुट्याएर तीव्र गतिमा उपचार गरेमा थोरै ठाउँमा रोग देखिएकोले नियन्त्रण गर्न सकिने बताए । पालिकाले शनिबारबाट औषधि सहितप्राविधिक टोली परिचालन गरेको पशुपन्छी शाखा प्रमुख साहले जानकारी दिए । कार्यक्रममा मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहाल, श्रमिक साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष निर्मला लम्साल, धमिले कृषि सहकारी संस्थाका अध्यक्ष नवराज संन्जेल लगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*