कुलेखानीमा जीपलाइनको सफल परीक्षण

साझाकुरा
२०७९ पुष १९, मंगलवार १०:४८

हेटौंडा- जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र कुलेखानीमा जीपलाइनको सफल परीक्षण गरिएको छ । इन्द्रसरोबर गाउँपालिका–१, स्थित कुलेखानी एड्भेन्चर प्रालिले जीपलाईन संचालन गर्न परीक्षण गरेको हो ।कुलेखानी भिलेज रिसोर्टका संचालक परशुराम योञ्जनका अनुसार जीपलाइन सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए । कुलेखानी एडेभेन्चर प्रालिले अंग्रेजी नयाँ वर्षको अवसरमा जीपलाइनको परीक्षण गरिसकेको
छ ।

एक पटकमा दुईजना यात्रा गर्न सकिने गरि निर्माण गर्न लागिएको उक्त जीपलाईनको नियमित संचालन एकमहिना भित्रै हुने सञ्चालक योन्जनले बताए । कुलेखानीमा बोटिङको मज्जासँगै अर्को साहसिक पयर्टन जीपलाइन सुरु गर्न तयारी सकिएको उनको भनाई छ । काठमाडौंबाट नजिक यी दुवै ‘बोटिङ र जीपलाइन’को मज्जासँगै लिन पाउने ठाउँ कुलेखानी रहेको उनले बताए । तालमाथि नै जीपलाइन गर्न पाइने नेपालमै पहिलो पटक भएको उनको भनाई छ ।

इन्द्रसरोवरको छरदार दोबाटोमा स्टेशन राखिएको जीपलाइन ६ सय मीटर भन्दा बढि लामो छ । जग्गा बाहेक एक करोड भन्दा बढी लगानीमा सुरु गर्न लागिएको जीपलाइनको सफल परीक्षणसँगै पर्यटकहरु थप आकर्षित हुने लगानीकर्ताहरुको अनुमान छ । इन्द्रसरोबर पछिल्लो समय पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*