नमुना बहुद्देश्यीयको साधारणसभा

साझाकुरा
२०७९ पुष २४, आईतवार १२:३६

हेटौंडा- हेटौंडाका सहकारीहरुमध्ये पुरानो सहकारी नमुना बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको शनिवार २० औं वार्षिक साधारणसभा भएको छ ।
साधारणसभा हेटैंडा उपमहानगरका प्रवक्ता तथा १ नम्बर वडाका वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष केदार
प्रसाद न्यौपानेको सभाध्यक्षतामाभएको छ । १ हजार ३ सय १८ जना शेयर सदस्य रहेको सहकारीको कुल शेयर पूँजी ५५ लाख ८० हजार ५ सय ९० रुपैयाँ रहेको छ । २०५४ सालमा स्थापित सहकारीले किसानहरुलाई मल वितरणसमेत गर्दै आएको छ । सहकारीको कार्यक्षेत्र हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडा र साविक हाँडिखोला गाविस रहेको छ ।

साधारणसभाको अबसरमा सहकारीले शेयर सदस्य सुशिला बाँस्कोटा सापकोटालाई सम्मान गरेको छ । उनले सहकारीमा स्थापना कालदेखि नै ५० लाख रुपैयाँ मुद्दती निक्षेपमा रकम जम्मा गरेर सहकारीलाई योगदान गरेको भन्दै सम्मानगरिएको हो ।साधारणसभामा सहकारीका पूर्वअध्यक्ष महेन्द्रनाथ शर्मा अधिकारी, होटल एसोसिएसनका केन्द्रीय सदस्य शंकर लाल श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो । सहकारीका सचिव बाबुराम खतिवडाले सञ्चालन गरेको कार्यक्रममा कार्यसमिति सदस्य शिवहरि कार्कीले स्वागत मन्तव्य राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*