आफ्नै कृषि सहकारीको साधारणसभा

हेटौंडा-कृषि क्षेत्रको उत्पादनमा लगानी गर्दै आइरहेको आफ्नै कृषि सहकारी संस्था लिमिटेडको शनिवार हेटौंडामा साधारणसभा भएको छ ।
हेटौंडा–१ मा रहेको कृषि सहकारीको १२ औं वार्षिक साधारण सभा हेटैंडा उपमहानगरका प्रवक्ता तथा १ नम्बर वडाका वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यतामा भएको हो । न्यौपानेले कृषि क्षेत्रमा प्रभाव पर्ने गरी काम गर्न सहकारीलाई आग्रह गरे । उनले सहकारीको काम महत्वपूर्ण भए पनि शेयर सदस्यहरुको सक्रियता भने कमजोर भएको बताए । सहकारीको भविष्य शेयर सदस्यहरुको सक्रियतामा निर्भर हुने भन्दै शेयर सदस्यहरुलाई सक्रिय पूर्वक लाग्न अनुरोध गरेका छन् ।
सहकारीले उत्पादन गरिरहेको दानाको मार्केटिङ शेयर सदस्यहरुले आफ्नो क्षेत्रबाट गर्दै सहकारीर्ला सफल बनाउनुपर्नेमा जोड दिए । २०६७ सालमा स्थापित सहकारीको गत आर्थिक वर्ष २०७८÷०७९ मा १६ लाख ९० हजार शेयर पुँजी रहेको छ । सहकारीका अध्यक्ष पुष्पराम थापाको सभाध्यक्षतामा भएको साधारणसभामा सर्वोत्तम संचिती बचत तथा ऋण सहकारीका अध्यक्ष रामबहादुर बस्नेत, आफ्नै कृषि सहकारीका सल्लाहकार श्याम प्रसाद सुवेदी, सल्लाहकार केशवलाल श्रेष्ठ, कोषाध्यक्ष शंकर थापा मगर, दाना उत्पादन समिति सदस्य धर्म सिंह बोहोरा, सहकारीका व्यवस्थापक शम्भु नेपाल, सहकारी सञ्चालक समिति सदस्य होमबहादुर राना मगर, लेखा समिति संयोजक चन्द्र बहादुर थापालगायतको आतिथ्यता रहेको थियो ।