मनहरी क्याम्पसको अध्यक्षमा ग्लान

हेटौंडा- पश्चिम मकवानपुरको एकमात्र क्याम्पस मनहरी बहुमुखी क्याम्पसको क्याम्पस व्यवस्थापन समितिको अध्यक्षमा ओमबहादुर ग्लान (प्रदीप) चयन भएका छन् ।अध्यक्ष चयन भएका ग्लान बागमती प्रदेशसभाका निवर्तमान सदस्यसमेत हुन् । उनी नेकपा माओवादी केन्द्रका तर्फबाट समानुपातिक सांसद थिए । शनिबार भएको क्याम्पसको साधारणसभाले ग्लानलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
समितिमा प्रकाश बर्तौला, नवराज सुवेदी, मातृका ढुंगाना, हेमलाल उप्रेती, जयराम अर्याल, विनोद सुवेदी र ज्योति सुवेदी सदस्य चयन भएका छन् । क्याम्पस प्रमुखसहित अन्य विभिन्न क्षेत्रका ७ जना पदेन सदस्य रहने छन् । ग्लानले सबैको साथ सहयोगर रहेको अवस्थामा शैक्षिक उन्नयनमा काम गर्न सकिने विश्वास व्यक्त गरे ।
क्याम्पसलाई गुणस्तरीय शैक्षिक क्षेत्र बनाउने ग्लानले प्रतिवद्धता जनाएका छन् । विगत ४ महिनादेखी क्याम्पसमा अध्यापन गराउने शिक्षकहरुकले सुरुवातदेखि नै तलब नपाएको भन्दै पेन डाउन गरेका थिए । सोही कारण विद्यार्थीहरुले पढ्न नपाइरहेको अवस्थामा स्थानीय मिडिया, स्थानीय वुद्धिजिविहरुको पहलमा शनिबार साधारणसभा राख्ने निर्णय गरेको थियो । शनिबार नव गठित समितिको पहिलो बैठक आइतबार बस्ने निर्णय भएको जानकारी दिइएको छ ।