हेटौंडामा थारु समुदायको माघी महोत्सव मनाईँदै

साझाकुरा
२०७९ पुष २४, आईतवार १२:४३

हेटौंडा- हेटौंडामा थारु समुदायको महत्वपूर्ण पर्व माघीको अबसरमा महोत्सव आयोजना गरिने भएको छ । हेटौंडामा थारु समुदायहरुले २०७५ सालदेखि माघी महोत्सव गर्दै आएका थिए ।थारु कल्याणकारिणी सभा मकवानपुरको आयोजनामा २०७९ माघ १ गते हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको मैदानमा पाँचौ थारु माघी महोत्सव–२०७९ गर्ने भएको हो ।थारु कल्याणकारिणी सभा मकवानपुरका सभापति हरिलाल चौधरीका अनुसार हेटौंडामा २०७५ सालदेखि माघी पर्व महोत्सवको रुपमा मनाउन थालिएको हो । महोत्सवको पाँचै संस्करणलाई पनि भव्यताका साथ आयोजना गरिने चौधरीले जानकारी दिए ।

हरेक वर्ष फरक फरक स्थानमा माघी महोत्सव मनाउदै आइरहेकोमा यसवर्ष हेटौंडाको औद्योगिक क्षेत्रभित्र रहेको खेल मैदानमा मनाउने कार्यक्रम तय भएको चौधरीले बताए ।महोत्सवमा पहिचान झल्किने थारु भेषभुषा, कला, संस्कृति र थारु परिकारहरुको सःशुल्क स्टल रहने छ । थारु सांस्कृतिक गीत, नृत्य र अन्य सांस्कृतिक कार्यक्रम बाट दर्शकहरुलाई मनोरन्जन प्रदान गरिने थारु कल्याणकारिणी सभा मकवानपुरले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*