गुणस्तरीय दूध बेच्ने ४ किसान सम्मानित

साझाकुरा
२०७९ पुष २४, आईतवार १२:४६

हेटौंडा- जनजागृति नगर दुग्ध उत्पादक सहकारीले गुणस्तरीय दूध बेचेको भन्दै ४ जना किसानलाई सम्मान गरेको छ । हेटौंडा–८, कमानेमा रहेको सहकारीले आफ्नो ३१ औं बार्षिक साधारणसभाको सन्दर्भ पारेर गुणस्तरीय दूध बिक्री गर्ने ४ किसानलाई सम्मान गरेको हो । सहकारीमा नियमित दूध बिक्रीका लागि ल्याउने टीकाकुमारी बोगटीलाई सम्मान गरिएको छ ।

सहकारीको दुग्ध संकलन केन्द्रमा दूध बिक्रीका लागि ल्याउने बोगटीले ल्याएको दुग्ध प्राविधिक हिसाबले नापजाँच गर्दा गुणस्तरीय रहेकाले उनलाई सम्मान गरीएको सहकारीका व्यवस्थापक इश्वर बस्नेतले जानकारी दिए । उनले सहकारीको साधारणसभा पूर्व दुग्ध संकलन केन्द्रमा २ हजार ५ सय ८८ लिटर दूध विक्रीका लागि ल्याएका थिए । उनलाई प्रोत्साहत स्वरुप २ हजार ५ सहित दोसल्ला सम्मान पत्र प्रदान गरिएको थियो ।

बोगटीसहित स्थानीय सावित्री श्रेष्ठ, रेसकुमारी अधिकारी र ध्रुबकुमारी बुढाथोकीलाई सम्मानित गरिएको थियो । सम्मान कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिका ८ नम्बरका वडा अध्यक्ष रामकृष्ण थापाले गरेका हुन् । सहकारीले एकल महिला सम्मान तर्फ कान्छीमाया लामा र
राधिकादेवी पौडेल, असल बचतकर्तामा सम्झना कार्की, असल ऋणिमा नानीमैयाँ बानियाँलाई सम्मान गरेको व्यवस्थापक बस्नेतले जानकारी दिए ।
सहकारीका अध्यक्ष इन्द्रबहादुर बस्नेतको अध्यक्षतामा भएको साधारण सभामा जिल्ला दुग्ध उत्पादक सहकारी संघ सञ्चालक समितिका सदस्य हेमप्रसाद न्यौपाने सहकारीका पूर्वअध्यक्षहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*