चित्लाङमा मल उत्पादन प्रविधि तालिम

हेटौंडा-थाहा नगरपालिका वडा नम्बर ९, स्थित चित्लाङमा गड्यौला मल उत्पादन प्रविधि सम्बन्धि एकदिवशीय तालिम भएको छ । थाहा नगरपालिका वडा नम्बर ९ र मदनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको संयुक्त आयोजनामा तालिम भएको हो । घर वरीपरी र समुदायमा हुने फोहोरलाई मोहोर बनाउने उद्देश्य तालिम संचालन गरिएको आयोजक थाहा नगरपालिका वडा नम्बर ९ र १० की कृषि प्राविधिक कमला सुवेदीले जानकारी दिएकी छन् । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा २४ पुसमा संचालित तालिममा ९ नम्बर वडाका किसानहरुको सहभागिता रहेको थियो ।
तालिमका सहभागी किसानहरुलाई त्रिभुवन विश्वविद्यालयकी सेवा निवृत्त प्रोफेसर डाक्टर आनन्दा शोभा ताम्राकार, मदनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका डाक्टर अनुपमा श्रेष्ठ र डाक्टर भुषण श्रेष्ठले सहजीकरण गरेका थिए । तालिम पश्चात् किसानहरुले गड्यौला मल उत्पादन गर्ने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ९ र १० की कृषि प्राविधिक कमला सुवेदी तथा प्रशिक्षकहरुले किसानहरुलाई गड्यौला मल प्रविधि सम्बन्धि प्राविधिक ज्ञानमा तालिम पश्चात पनि सहयोग गर्ने बताएका थिए । किसानले समूह बनाएर गड्यौला मल प्रविधि सम्बन्धि काम गर्न चाहेमा मागको आधारमा वडा कार्यालयले गड्यौला खरिदमा सहयोग गर्ने वडाध्यक्ष राजकुमार बलामीले बताए ।