मकवानपुर गढीमा मनाइयो पृथ्वीजयन्ती

साझाकुरा
२०७९ पुष २८, बिहीबार १०:२५

हेटौंडा- नेपालको एकीकरण गरेका पृथ्वीनारायण शाहको सम्झनामा मकवानपुरको सुपारेटार ब्यारेक र मकवानपुरगढी दरबारमा पृथ्वीजयन्ती मनाइएको छ ।पृथ्वीजयन्तीको अवसरमा मकवानपुरमा नेपाली सेनाको मध्यपृतना हेडक्वाटर र पाँच जिल्लाका सञ्चारकर्मीले सयुक्तरुपमा पृथ्वीनारायण शाहको तस्वीरमा मल्यार्पण गरेका छन् ।सेनाले पत्रकारहरुलाई सुरक्षासम्बन्धी तालिम दिइरहेको छ । मध्य पृतना हेडक्वाटर प्राङ्गण र ऐतिहासिक मकवानपुरगढी दरबार परिसरमा संयुक्तरुपमा मल्यार्पण गरिएको हो । पृथ्वीजयन्तीको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । पुस २७ गतेलाई पृथ्वीनारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*