पृथ्वी जयन्तीमा रक्तदान
हेटौंडा- राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुर पृथ्वी जयन्तीको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रम गरेको छ ।राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३ सय १ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बुधबार राप्रपा मकवानपुरले हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रममा ३५ जनाले रक्तदान गरेकोे राप्रपा मकवानपुरका प्रवक्ता आयुषकुमार डोटेलले जानकारी दिए ।
रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग थियो । राप्रपा मकवानपुरका अध्यक्ष शिवराम थापाको सभाध्यक्षता तथा पार्टी केन्द्रीय सदस्य रामबहादुर थोकरको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम भएको हो ।







