बागमती प्रदेश प्रहरी प्रमुखमा थापा

साझाकुरा
२०७९ पुष २९, शुक्रबार ०९:४५

हेटौंडा- बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाको प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिपक थापा आउने भएका छन् । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १७ जना डीआईहरुको एकसाथ काज सरुवा गरेपछि थापा हेटौंडा आउने भएका हुन् । थापा प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग तथा आर्थिक प्रशासन महाशाखा प्रमुख थिए । थापा यसअघि जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायव उपरीक्षक (डिएसपी)को पदमा रहेका काम गरेका थिए । बागमती प्रदेश प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालय नक्साल तानिएको छ ।उनलाई प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग तथा आर्थिक प्रशासन महाशाखाको जिम्मेवारी दिइएको छ ।

यसैगरी, नेपाली प्रहरीका प्रवक्ता टेकप्रसाद राई लुम्बिनी प्रदेशको प्रहरी प्रमुखमा सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवर मधेश प्रदेश प्रहरी कार्याल, प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा श्यामलाल ज्ञवाली, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा किरण राणा र विशेष ब्यूरोमा सुदीप गिरीलाई काज सरुवा गरिएको छ । प्रहरी प्रवक्ता टेकप्रसाद राईलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय, गण्डकी प्रदेशमा बुद्धिराज गुरुङ काज सरुवा भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा अशोक सिंह, मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालय र भीमप्रसाद ढकाल कर्णाली पुगेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*