लागूऔषध गाँजासहित दुईजना पक्राउ

हेटौंडा- मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी सहायक
निरीक्षक केदार विकको टोलीले ७ ७ किलो गाँजा सहित दुई जनालाइ क्राउ गरेको हो । हेटौंडा ११ थानाभर्याङस्थित पूर्वपश्चिम राजमार्गमा मनहरीबाट हेटौंडा तर्फ आउँदै गरेको ना ८ ख ९५३ नम्बरको बस चेक जाच गर्दा उक्त परिणामको गाँजा सहित मानिस नियन्त्रणमा लिएको जनाइएको छ ।
प्रहरीले बसमा सवार मकवानपुर राक्सिराङ गाउँपालिका १ बस्ने वर्ष ६० का डिल बहादुर चेपाङको साथबाट ५ किलो ७ सय ग्राम तथा सोही ठाँउ बस्ने वर्ष १९ का प्रकाश चेपाङको साथबाट १ किलो ३ सय ग्राम लागू औषध गाँजा फेला पारी नियन्त्रणमा लिएको छ । दुबैजनालाई जिल्ला प्रहरी कार्यालय ल्याई थप अनुसन्धान भइ रहेको प्रहरी प्रबक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।