डिभिजन वनमा समन्वयात्मक बैठक

साझाकुरा
२०७९ पुष २९, शुक्रबार १०:२४

हेटौंडा- डिभिजन वन कार्यालय, मकवानपुरको आयोजनामा बिहीवार जिल्लास्थित सामुदायिक वनहरुबीच समन्वयात्मक बैठक भएको छ ।
बैठकमा सहभागी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुले समूहमा आईपरेका विभिन्न समस्याहरु र तिनको उपायहरुको बारेमा जानकारी
गराएका थिए ।बैठकमा वन डढेलो, चोरी निकासी, वन ब्यवस्थापन, जंगली जनावरबाट पाएका दुःख, क्रसरले पारेको असर, औद्योगिक क्षेत्रबाट निस्कने फोहोरजन्य पदार्थ, वर्तमान वनको नियमावली लगायतका विषयहरुमा छलफल गरिएको थियो ।

सामुदायिक वन उपभेक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा सव डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख रामचन्द्र श्रेष्ठ, अधिकृत आश्मा सुवेदी, फरेष्टर यदुकुमार घिमिरेलगायतकाले सहजीकरण गरेका थिए ।बैठकमा सामुदायिक वन उपभोक्ता महासंघ, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, विभिन्न सामुदायिक वनका पदाधिकारी र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*