खत्री बागमती प्रदेशको उत्कृष्ट प्रहरी
हेटौंडा- जिल्ला प्रहरी कार्यालय धादिङमा कार्यरत् प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्री बागमती प्रदेशको पुस महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।खत्रीलाई बुधबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले उत्कृष्ट प्रहरी घोषणा गरेको हो । खत्रीको कार्यमूल्याड्ढनको आधारमा उत्कृष्ट प्रहरी घोषित गरिएको जनाइएको छ ।
खत्रीले आफूलाई दिइएको जिम्मेवारी कर्तव्यनिष्ठ ढ·बाट सम्पादन गर्दै गत मंसिर २६ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ का ७४ वर्षीय विष्णुबहादुर मगर र उनको श्रीमती ६७ वर्षीय निरमाया आलेमगरको हत्या भएको घटनामा प्रभावकारी ढंगबाट अनुसन्धान गरी घटनामा संलग्न सोही ठाउँका १५ वर्षीय आशिष कोईराला र १३ वर्षीय रविन परियारलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भएको थियो । यस्तै, विभिन्न अपराध नियन्त्रणमा खत्रीले उल्लेखनीय भूमिका खेलेको बागमती प्रदेश प्रहरीले जनाएको छ ।







