हेटौंडामा तीन महिने लोकसेवा तयारी सुरु
हे-हेटौंडा उपमहानगरपालिकाको सहयोगमा तीन महिने लोकसेवा तयारी कक्षा सुरु भएको छ । उपमहानगरको आर्थिक सहयोग तथा बिकासका लागि अभियान नेपालको आयोजनामा तिन महिने लोकसेवा तयारी कक्षा सञ्चालन भएको हो । मकवानपुर बहुमुखी क्याम्पसमा उद्घाटन भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुम मिनाकुमारी लामाले मेहनत र लगनशिलता भए सफलता मिल्ने बताइन् । उनले अन्य जिल्लाका जस्तो यहाँका युवाहरुले पनि लोकसेवामा अव्वल बन्न सक्ने आधार प्रस्तुत गर्न सहभागिलाई सुझाब दिइन् ।
उनले भनिन् ‘तिन महिने तालिम पछि अझै मेहनत गर्ने इच्छा सहभागिहरुमा रहे उपमहानगरले थप सहयोग गर्ने छ,’ हेटौंडामा रहेर विभिन्न कलेजहरुमा अध्यापनमा रहेका १ सय जना लोकसेवा अध्यनमा इच्छा भएकाहरुको तालिममा सहभागिता रहेको छ । उनीहरुलाई ५०÷५० जनाको संख्यामा भाग लगाएर गैरसरकारी सस्था महासंको भवनमा अध्यापन गराउने तयारी रहेको आयोजकले जनाएको छ । विकासका लागि अभियान नेपालका अध्यक्ष सन्तोष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका समाजिक महशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, प्रशिक्षक राज गौतमको आतिथ्यता रहेको थियो । तालिममा दुइ जना प्रशिक्षकको व्यवस्थापन गरिएको कार्यक्रम संयोजक नवराज पौडेलले बताए ।







