बदेलधापका विद्यार्थीलाई न्यानो कपडा

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१४, बदेलधाप स्थित सुप्रभात आधारभुत विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई न्यानो कपडा (स्वीटर) सहयोग गरिएको छ ।बिहीवार विद्यालय परिसरमा विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई ८० थान न्यानो कपडा (स्विटर) र ३ थान कार्यालय प्रयोजनको लागि कुर्ची सहयोग गरिएको हो । विद्यार्थीहरुलाई सहयोग गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हेटौंडा–१४ का वडा सभापति तथा नाङ्साल मेटल वर्कस् एण्ड कन्स्ट्रसन प्रालिका सञ्चालक जितबहादुर लोप्चन रहेका छन् ।
पछिल्लो समय देशै भर चिसो बढेसँगै चिसोबाट प्रभावित भइरहेकोले आफ्नो वडामा रहेको विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको लोप्चनले बताए ।विद्यालयलाई आवश्यक परेको खण्डमा थप सहयोग र सहकार्य गर्न तत्पर रहेको रास्वपा बागमती प्रदेश कोषाध्यक्ष टाकाराज थापा(सुरेश)ले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा रास्वपा जिल्ला सदस्य नवराज पौडेल, नगर सभापति धुर्व विष्ट, सचिव प्रकाश गौतम, ¥यापिट एक्सन टिम मकवानपुरका संयोजक राममणि न्यौपाने, ¥यापिट सदस्य सपना कँडेललगायतको आतिथ्यता रहेको थियो ।