सिद्धार्थ माविले मनायो ४७ औं वार्षिकोत्सव

साझाकुरा
२०७९ माघ ९, सोमबार १०:४०

हेटौंडा- सिद्धार्थ माध्यमिक विद्यालयले विभिन्न कार्यक्रम गरेर ४७ औं वार्षिकोत्सव मनाएको छ । हेटौंडा–२ स्थित विद्यालयले माघ ६ गतेदेखि विभिन्न कार्यक्रम गरेर ४७ औं वार्षिकोत्सव मनाएको हो । माघ ५, ६ र ७ गते अतिरिक्त कार्यक्रम गरेको विद्यालयले सोमबार वार्षिकोत्सव समापन
गरेको छ । हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष बलराम घिमिरेको सभाध्यक्षतामा समापन कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख लामाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार हुँदै आएको भन्दै गुणस्तर सुधार्न सबै लाग्नुपर्ने बताइन् । उनले नगरपालिकाको शैक्षिक सुधार कार्यक्रममा सिद्धार्थ माध्यमिक विद्यालयले खेलेको भूमिकाको प्रसंशा गरिन् । कार्यक्रममा २०७८ सालको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय भएका र विद्यालयले सञ्चालन गरेका अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद शर्माले विद्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयले त्रैमासिकरुपमा प्रकाशन गरेको सिद्धार्थ बाल बाटिकाको बिमोचन गरिएको थियो । कार्यक्रममा गत शैक्षिक सत्रमा विद्यालय सञ्चालन भएको मितिमा सबैभन्दा बढी उपस्थिति हुने शिक्षिका सृजना शर्मा र विद्यालयकी कर्मचारी लक्ष्मी न्यौपानलेलाई नगदसहित कदरपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी, दुना टपरी प्रदर्शनी र खाना महोत्सवको आयोजना गरिएको थियो । कक्षा–८ को पेशा विषयअन्तर्गत् आयोजना गरिएको खाना महोत्सवमा प्रमुख अतिथि र अतिथिहरूको समेत सहभागिता थियो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपाने, वडा नम्बर २ का वडाध्यक्ष विष्णुगोपाल महर्जन, हेटौंडा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, शिक्षा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतम, राष्ट्रिय परीक्षा बोर्डका प्रमुख कृष्णप्रसाद घिमिरे, हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमाल, २ नम्बर वडा सदस्य सुरज बर्तौला, इन्द्रप्रसाद रिजाल, मैया परियार, विद्यालय व्यवस्थापन समिति निवर्तमान अध्यक्ष मधु बजगाइँ, विद्यालय व्यवस्थापन समिति सदस्यहरु ज्ञानु परियार, रामचन्द्र बर्तौला, पिताम्बर बास्तोला, सरिता दाहाल, लक्ष्मी श्रेष्ठ, पूर्व प्रधानाध्यापक, विद्यालयका सहायक प्रधानाध्यापक सागरप्रसाद खतिवडा, रामशरण अधिकारी, दश जोड दुई संयोजक गणेशप्रसाद हुमागाईलगायत शिक्षक अभिभावकहरुको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*