हेटौंडामा आजदेखि औद्योगिक व्यापार मेला

हेटौंडा- हेटौंडामा आज बुधवारदेखि मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सव–२०७९ सुरु हुँदैछ ।यसअघि कोरोना महामारी लगायतका कारण करिब ३ वर्षदेखि सञ्चालन हुन नसकेको व्यापार मेला आजदेखि सुरु हुन लागेको हो । औद्योगिक व्यापार मेला २०७९ को तयारी पुरा भएको संघका अध्यक्ष कृष्ण गुप्ताले जानकारी दिए । मेला हेटौंडा–१०, स्थित टिसिएन चौरमा हुँदैछ ।जिल्लामा उद्योग व्यापार क्षेत्रको विकास गरी समग्रमा देशकै आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यसहित मेला आयोजना हुन लागेको संघको दाबी छ । माघको २३ गतेसम्म चल्ने मेलामा ३ सय ३७ वटा स्टल रहने जनाइएको छ । ३० वटा होटल, अटोजोन १० वटा, डोममा निर्मित विषेश प्रकारका ६ वटा विभिन्न व्यापारीक स्टलहरु रहेको अध्यक्ष गुप्ताले बताए ।
उनका अनुसार करिब एक सय स्टल जिल्ला बाहिरका व्यापारीको रहेका छन् भने बाँकी स्टल जिल्लाभित्रकै रहेका छन् । स्टललाई श्रेणीमा विभिजन गरेर स्थानीय स्तरका उत्पादनलाई प्राथमिकता दिएर ५० प्रतिशत छुट समेत दिईएको उनले बताए । कृषि खाद्य दैनिक उपभोग्य वस्तुहरु,
घरेलु हस्तकला, महिला उद्यमीका उत्पादित सामानहरु, होटल, आइटी, शैक्षिक संस्था, दैनिक निःशुल्क स्वास्थ्य शिविर, अटो सवारी साधन, राष्ट्रिय तथा बहुर्राष्ट्रिय कम्पनीका स्टलहरु, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको स्टल एंव महोत्सवमा बाल उद्यान, विभिन्न कलाकारहरुको साथमा मनोरन्जन तथा चेतनामुलक सामाग्रीहरु मेलाका आकर्षक हुने अग्रवालले बताए ।
स्थानीय स्तरमा उत्पादन भएको चुच्चेखोलाको खुवा, राक्सिराङको गिठ्ठाभ्याकुर, डोको, डालो, नाङ्लो, खुर्पेटो तथा रैथाने बालीहरु कोदो, फापर, गेडागुडी लगायत प्रर्दशन तथा विक्री स्टल रहेको उपाध्यक्ष उज्वल चौलागाईले बताए । त्यस्तै हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार र दुलही श्रृंगार प्रतियोगिता समेत हुने भएको छ । तीनै वटा प्रतियोगितामा प्रथम हुने ३०÷३० हजार, द्वितीयले २०÷२० हजार र तृतीयले १०÷१० हजार र सान्तोना हुनेले ५÷५ हजार प्राप्त गर्ने चौलागाईले बताएका छन् ।
महोत्सबमा मनोरञ्जनका लागि विभिन्न विधाका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रत्येक दिन प्रस्तुति रहने संघले जनाएको छ । मेलामा प्रवेशका लागि टिकटको मुल्य ५० रुपैयाँ तोकिएको छ भने विद्यार्थी सहुलियत टिकटको व्यवस्था गरिएको बताए । १३ दिनसम्म सञ्चालन हुने व्यापार मेला २० देखि २५ करोडको कारोबार हुने आयोजकको अनुमान छ । आज बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले महोत्सव उद्घाटन गर्ने तय भएको छ ।
महोत्सवलाई सफल बनाउनका लागि हेटौंडा उपमहा नगरपालिका, बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, विभिन्न निजी उद्योग, संघसंस्थाहरु सहयोग रहेको छ । यसैगरी, मेलाको हेटौंडामा व्यापार गरिरहेका कपडा व्यवसायीहरुले विरोध जनाउँदै आएका छन् । मेलाले बजारको व्यापार घटाउने भएकाले उनीहरुले विरोध जनाएका हुन् । विरोधकै बीच संघले मेला गर्न लागेको हो ।
डान्सिङ स्टारमा ३० जना छनौट औद्योगिक व्यापार महोत्सव २०७९ मा हुने हेटौंडा डान्सिङ स्टारका लागि ३० जना छनौट भएका छन् । आइतबार र सोमबार भएको अडिसनबाट ३० जना छनौट भएका हुन् ।डान्सिङ स्टार र हेटौंडा आइडल मेलाको लोकप्रिय कार्यक्रम हुन् । डान्सिङ स्टार संयोजक नीलम पाण्डेका अनुसार पहिलो अडिसनमा ९१ जनाले आफ्नो नृत्य प्रस्तुत गरेका थिए । सो मध्येबाट ३० जनालाई छनौट गरिएको हो । प्रतियोगिताको निर्णायकमा छमछमीको चौथो सिजनकी विजेता सन्ध्या आचार्य र नृत्य निर्देशक सुजन श्रेष्ठ रहेका थिए । महोत्सवकैबीच १२ गतेबाट प्रतियोगिता सुरु हुनेछ । प्रतियोगितामा उत्कृष्ट ५ जनालाई नगदसहित पुरस्कारको व्यवस्था रहेको डान्सिङ स्टार कार्यक्रम सदस्य भृगु कार्कीले बताए ।