दुर्घटनामा हेटौंडाका तितुङको मृत्यु

साझाकुरा
२०७९ माघ १५, आईतवार १०:१९

हेटौंडा- जिल्लाको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा तेल ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा हेटौंडाका एक व्यक्तिको मृत्यु भएको छ ।मनहरी–६ नयाँबस्तीमा भएको दुर्घटनामा हेटौंडा उपमहा नगरपालिका–१५ बस्ने ४० बर्षीय शंकरत्न तितुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले जानकारी दिए । तितुङको मृत्यु भएपछि स्थानीय बासिन्दाहरुले दुई घण्टासम्म पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।

डिजेल बोकेर हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ७ ख ८४७८ नम्बरको ट्याङ्करले विपरित दिशाबाट आउँदै गरेको ना १४ प ९९४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक तितुङको मृत्यु भएको हो ।यसैगरी, अचेत अवस्थामा भेटिएका हेटौंडाका एक व्यक्तिको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । हेटौंडा उपमहानरपालिका–९ पशुपतिनगर बस्ने ४० वर्षीय नवराज लामाको मृत्यु भएको डिएसपी कार्कीले बताए ।

शनिबार बिहान हेटौंडा–४, स्थित नेपाल बैंक नजिक सडक छेउमा लामा अचेत अवस्थामा फेला परेका थिए । उनको उपचारको लागि हेटौंडा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*