प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा बर्तौला

साझाकुरा
२०७९ माघ १५, आईतवार १०:२१

हेटौंडा- प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको सदस्यमा मकवानपुका सासद महेशकुमार बर्तौला चयन भएका छन् । नियमावली मस्यौदा समितिमा नेकपा (एमाले)को तर्फबाट मकवानपुर–२ बाट प्रत्यक्ष निर्वाचित सांसद बर्तौला सदस्यमा चयन भएका हुन् । नेपालको संविधानको धारा १०४ को उपधारा १ बमोजिम प्रतिनिधिसभाले आफ्नो कार्य संचालन गर्न र बैठकको सुव्यवस्था कायम राख्न नियमावली निर्माण गर्ने गर्दछ ।

नियमावली मस्यौदा समितिमा नेकपा (एमाले)ले सांसदहरु लीलानाथ श्रेष्ठ, सुभाषचन्द्र नेम्वाङ, विद्या भट्टराई र महेश बर्तौलालाई पठाएको थियो । समितिलाई प्रतिनिधिसभाले बहुमतले पास गरेको थियो । समितिमा अनिता देवी, अमरेस कुमार सिंह, गंगाराम चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्र प्रसाद बडू, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, रमेश लेखक, शक्तिबहादुर बस्नेत, सर्वेन्द्रनाथ सुक्ला, सीता गुरुङ, सोविता गौतम, हितराज पाण्डे, ज्ञानबहादुर शाही सदस्य रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*