निजामती कर्मचारीलाई प्रशिक्षणात्मक कार्यक्रम
हेटौंडा-नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मकवानपुरले कर्मचारीहरुको लागि प्रशिक्षणात्मक कार्यक्रम गरेको छ ।
शनिबार संगठनले कर्मचारीहरुको लागि वन भोज तथा प्रशिक्षणात्मक कार्यक्रम गरेको हो । कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका मकवानपुरका अध्यक्ष यादविन्द्र पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा एमाले बागमती प्रदेशका उपसचिव महेश कुमार बर्तौला तथा बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनमा रहेर काम गर्दै आएका संघीय वन तथा वातावरण मन्त्रालयका सहसचिव नवराज पुडासैनी र प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव राम शरण सापकोटालाई सम्मान गरिएको थियो ।सांसद बर्तौला र मन्त्री श्रेष्ठले उनीहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइराला, केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेश इन्चार्ज विष्णु प्रसाद अर्याल लगायतकाको आतिथ्यता रहेको थियो ।







