५४ औं स्थापना दिवस मनाउँदै हेटौंडा उपमहानगर

साझाकुरा
२०७९ माघ १६, सोमबार ०९:३८

हेटौं- हेटौंडा उपमहानगरपालिकाको ५४ औं स्थापना दिवसको अवसर पारेर माघ २५ बाट सप्ताहव्यापी कार्यक्रम घोषणा गरीएको छ ।उपमहानगरपालिकाको १३ औं कार्यपालिका बैठकले स्थापना मनाउनका लागि गठन गरेको अतिरीक्त क्रियाकलाप समितिको बैठकले माघ २५ गते हेटौंडा–७को नागस्वती खेल मैदानमा पुरुष÷महिला फुटबल, माघ–२६ गते हेटौंडा–४ हुप्राचौरमा महिला÷पुरुष भलिवल, माघ–२७गते महिला पुरुष डण्डि बियो, माघ २८ गते टोल बिकास संस्था नगर र वडा समन्वयसँग मियुजिकल चियर प्रतियोगिता गर्ने भएको छ । त्यस्तै दिवसको अवसरमा उपमहानगरले सञ्चालन गर्दै आएको सफा हेटौंडा अभियानु अन्र्तगत हेटौंडा–१० बसपार्क क्षेत्रमा सरसफाई सहित माघ २९ गते रक्तदान कार्यक्रमको तयारी गरेको समितिका संयोजकतथा हेटौंडा–१५ का अध्यक्ष सुनिल मोक्तानले बताए ।

नगरको कार्यपालिका बैठकले स्थापना दिवसलार्इ भव्य रुपमा मनाउनका लागि नगर प्रमुख मिना कुमारी लामाको संयोजकत्वमा मुल समारोह समिति गठन गरेको छ । समितिको सह–संयोजकमा नगर उपप्रमुख राजेश बानियाँ र सदस्यहरुमा १९ वडाका अध्यक्ष, कार्यपालिका सदस्यहरु रहेको समितिका सदस्य सचिवमा प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई रहेका छन् । मुल समारोह समितिले उपमहानगरको ५४ बर्षको इतिहासबारे जानकारी गराउनका लागि पालिकाका प्रवक्तातथा हेटौंडा–१ काअध्यक्ष सबिन न्यौपाने संयोजक रहेको स्मारीका प्रकाशन समिति, हेटौंडा–६ का अध्यक्ष बिष्णुबहादुर दाहाल संयोजक रहेको सम्मान तथा शिष्टाचार समिति, प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाइ संयोजक रहेको नगर दिवस व्यवस्थापन समिति गठन गरेको छ ।

स्मारीका प्रकाशन समितिको सदस्यमाउपमहानगरका सामाजिकविकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिना, नगर प्रमुख सचिवालयका प्रमुख जगन्नाथ सापकोटा, नगर प्रमुखका प्रेस संयोजक राजन दाहाल र सूचना प्रविधि अधिकृत भानुभक्त थपलिया रहेका छन् । सम्मान तथा शिष्टाचार समितिको सदस्यमा हेटौंडा–१४ का वडा अध्यक्षदिपक खड्का, हेटौंडा १६ काअध्यक्ष रामकृष्ण कोइराला, कार्यपालिका सदस्यइश्वरी बिक, नगरसभा सदस्य रञ्जु लामा र सदस्य सचिबमा उपमहानगरका प्रशासन प्रमुख शान्ती बिक रहेका छन् ।

अतिरिक्त कृयाकलाप समितिको सदस्यमा कार्यपालिका सदस्यसा धना श्रेष्ठ, नगरसभा सदस्य सविना बिडारी, सन्तुमाया पाख्रिन, इन्द्रप्रसाद रिजाल रहेको समितिको सदस्य सचिवमा बसन्त कुमार सिटौंला सदस्य सचिब रहेका छन् । स्थापना दिवसको लागि गठिन नगर दिवस व्यवस्थापन समितिको सदस्यमा सबै महाशाखा प्रमुख, आर्थिक प्रशासन, कृषि, सूचना प्रबिधी, फोहरमैला तथा व्यवस्थापन, समन्वय शाखाका प्रमुखहरु रनगर प्रहरी इन्चार्ज रहेका छन् ।

कार्यपालिका बैठकबाट स्थापनादिवस मनाउँनकालागि समिति गठन गरसकेपछि सबै समितिहरुले जिम्मेवारी पुर्वक कामलाई तिब्र गतिमा अघि बढाएका उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले जानकारी दिए । उपमहानगरले तत्कालिन नगर पञ्चायतको २०२६ फागुन १ गते बसेको बैठकलाई आधार मानि स्थापनादिवस मनाउने तायारी गरेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*