सुधार केन्द्रमा रहेका युवालाई विद्युत जडानसम्बन्धी तालिम

साझाकुरा
२०७९ माघ १७, मंगलवार १०:५३

हेटौंडा- लागूऔषधको दुव्यैसनमा परी सुधार केन्द्रमा रहेका युवाहरुलाई विद्युत जडान सम्बन्धी तालिम दिन सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा व्यवसायीक तथा सिप विकास तालिम केन्द्र र मकवानपुर रिकभरिङ समुहले लागू औषधको कुलतमा परेर सुधार गृहमा आएकाहरुलाई सुधार पछि घर फर्कने क्रममा आर्थिक उपार्जनका लागि सहज होस भन्नका लागि तालिम सञ्चालन गरीएको हो । तालिमको हेटौंडा उपमहा नगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाले उद्घाटन गरेकी थिइन् ।

तालिमको उद्घाटन गर्दै नगर प्रमुख लामाले जीवन आफ्नै लागि जिउने भन्दै अरुको लागि सोचेर मानसिक तनान नलिन सुझाव दिइन् । आफुले सिकेको सिप आफ्नै लागि भए जस्तै आफुले पाएको जिवन पनि आफ्नै लागि भएको उनले बताइन् । विभिन्न खालका मानसिक तनाव बोकेर नभई खुल्ला र खुशीका साथ हिड्नु पर्नेमा उनले जोड दिइन् ।चिन्ता लिएर हिडेपनि सुखः दुखः आफ्नो÷आफ्नो भएको भन्दै तालिममा सिकेका सिपलाई व्यवहारमा उतार्दै अघि बढ्न आग्रह गरिन् । नगर प्रमुख लामाले विद्युत जडान तालिममा लागेकालाई रोजगारीको व्यवस्था मिलाउनका लागि उपमहा नगरपालिका तयार रहेको बताइन् ।

लागू औषधबाट बिग्रदै गरेको जिवनलाई सुधार केन्द्रकारिकभरीङ समुहका अध्यक्ष सुरज बिक्रम राणाको सभाध्यक्षतामा भएको तिन महिने तालिम उद्घाटन कार्यक्रममा हेटौंडा १३ का अध्यक्ष पेम्बा लामा, १४ का अध्यक्ष दिपक खड्का, हेटौंडा ५ का वडा सदस्य रञ्जीता सिलवाल, हेटौंडा उपमहानगरपालिकाका समाजिक बिकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिना, गैरसरकारी सस्था महासंघ मकवानपुरका उपाध्यक्ष रमिला सापकोटा, मानब अधिकार संगठनकी सर्मिला श्रेष्ठको आतिथ्यता रहेको थियो ।

सुधार केन्द्रमा रहेका ३६ जना मध्य २० जना सहभागि तिन महिने बिधुत जडान तालिममा सहभागिलाई व्यवसायीक तथा सिप विकास तालिम केन्द्रका महेश आचार्यले प्रशिक्षण दिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*