दाङका व्यवसायीलाई हेटौंडामा स्वागत
हेटौंडा-दाङ जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारी तथा व्यवसायीहरुलाई मंगलबार हेटौंडामा स्वागत गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघले महोत्सव परिसरमा स्वागत गरेको हो । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकीको नेतृत्वमा आएका टोलीलाई मउवा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले हेटौंडामा स्वागत गरेका हुन् ।
औद्योगिक क्षेत्र भ्रमणको क्रममा हेटौंडा आउनु भएको उद्योगी व्यवसायीलाई संघले आयोजना गरेको महोत्सव परिसरको सचिवालयमा नै स्वागत तथा सम्मान गरिएको थियो । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले संघको गतिविधिबारे जानकारी दिएका थिए । त्यस्तै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बुढाथोकीले दाङ जिल्ला उवा संघको क्रियाकलाप बारे जानकारी गराएका थिए । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष तथा पूर्व अध्यक्षसहितको टोलीले हेटौंडामा रहेको औद्योगिक क्षेत्रको अवलोकन भ्रमण गरेका छन् ।







