विज्ञान शिक्षकलाई क्षमता विकास तालिम

साझाकुरा
२०७९ माघ २०, शुक्रबार ११:१६

हेटौंडा- मनहरी गाउँपालिकाले गाउँपालिका अन्तर्गत्का मावि विद्यालयका विज्ञान शिक्षकहरुलाई पाँच दिने पेशागत क्षमता विकास तालिम दिन सुरु गरेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयले पछिल्लो समय पाठ्यक्रम परिवर्तन गरेसँगै नयाँ पाठ्याक्रमअनुसार कसरी शिक्षण गर्ने, प्रश्न पत्र कसरी निर्माण गर्ने भन्ने विषयमा तालिम प्रदान गरिने मनहरी गाउँपालिका शिक्षा शाखाका स्रोत व्यक्ति पूर्णभद्र भुसालले बताएका छन् ।

कतिपय शिक्षकहरुको हातमा पाठ्यक्रम पनि नहुने भएकाले पाठ्यक्रमले गरेको व्यवस्थाको बारेमा पहिलो र दोस्रो दिन तालिम प्रदान गरिने उनले बताए । विषय भएको तर, कतिपय शिक्षकहरुले अझै पनि प्रयोगात्मक कक्षा सञ्चालन नगरेको भन्दै यसरी कसरी व्यवस्थापन गर्ने, प्रयोगात्मक कक्षाको महत्वको विषयमा प्रयोगशालामा लगेरै तालिम प्रदान गरिनेछ ।

१८ माघबाट सुरु भएको तालिम २२ गतेसम्म सञ्चालन हुने जनाइएको छ । तालिममा मनहरी गाउँपालिकाअन्तर्गत् रहेका १८ वटा सामुदायिक विद्यालय र तीन वटा निजि विद्यालयका शिक्षकहरुको उपस्थिति छ । तालिम प्राप्त गरिसकेपछि पाठयक्रमको आधारमा शिक्षण गर्ने, प्रश्नपत्र निर्माण गर्ने, विज्ञान प्रयोगशालमा विद्यार्थीहरु समक्ष कसरी प्रस्तुत हुने र कसरी सिकाउने भन्ने विषयमा जानकार हुने लक्ष्य राखिएको भुसालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*