थाहानगर बृहत्त खानेपानी आयोजनाको काम तीव्र

साझाकुरा
२०७९ माघ २१, शनिबार १५:१४

हेटौंडा- खानेपानीको सहज पहुँचबाट बाहिर रहेका जिल्लाको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाको ४ वटा वडामा छिट्टै पानी पु¥याउन खानेपानी आयोजनाको काम तीव्र पारिएको छ ।थाहा नगरपालिकाको पूर्वप्रमुख लवशेर विष्टको कार्यकालमा छुट्टिएको पालुङ बृहत खानेपानी आयोजनाको कामलाई तीव्रता दिने कार्यमा प्रमुख विष्णुबहादुर विष्ट खटिएका छन् । मेयर विष्टले बृहत खानेपानी आयोजना निर्माणका सरोकारवालाहरुलाई कार्यकक्षमा बोलाएर भौतिक प्रगतिबारे जानकारी लिँदै काम छिटो सक्न निर्देशन दिएका छन् ।

बृहत्त खानेपानी आयोजनाको काम द्रुत गतिमा भइरहेको नगरपालिकाको सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिए । खानेपानी आयोजनाको निर्माण कम्पनी र थाहानगर प्रमुख विष्णुबहादुर विष्टबीच भएको छलफलमा कामलाई थप तीव्रता दिनेबारे प्राथमिकता दिइएको भुजेलले बताए ।

थाहा नगरपालिका वडा नम्बर १, २, ३ र ४ वडाका लागि निर्माण थालिएको पालुङ वृहत्त खानेपानी आयोजनाको करिब ३० प्रतिशत काम सम्पन्न भएको आयोजनाका सुपरभाइजर विकास लामाले जानकारी दिएका छन् । उनका अनुसार १ सय २३ किलोमिटर पाइपलाइन बिस्तार गर्ने सम्झौता भएकोमा ३१ किलोमिटर र ३७ पानी ट्ंयाकी तथा ट्रिटमेन्ट प्लान्ट निर्माण गर्नुपर्नेमा १३ वटा अन्तिम चरणमा पुगेको छ ।

दुई वर्षभित्र निर्माण सक्ने आयोजनाको लक्ष्य रहेको छ । छलफलमा गुणस्तरीय निर्माण सामाग्री प्रयोग गर्ने तथा छुट भएको गाउँलाई समेट्ने विषयमा पनि छलफल भएको जनाइएको छ ।आयोजनाबाट छुट हुन पुगेका गाउँमा खानेपानी विस्तारका लागि तत्काल तथ्याड्ढ संकलन गरी संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, नगरपालिका र निर्माण व्यवसायीबीच छलफल गरी निर्णयमा पुगिने नगर प्रमुख विष्टले बताएका छन् ।

‘अब छिट्टै तथ्याड्ढ संकलन गरी बैठक बस्छौं, सबै नगरबासीलाई शुद्ध र गुणस्तरीय खानेपानीको व्यवस्था गरेरै छाड्छौं,’ प्रमुख विष्टले भने । उनले आयोजनाको निर्माणलाई कुनै हालतमा रोक्नु नहुनेमा जोड दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*