कृषिमन्त्री पोखरेलद्वारा ४४ बुँदे प्रतिवद्वतापत्र सार्वजनिक

साझाकुरा
२०७९ माघ २६, बिहीबार ०९:२७

हेटौंडा- बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्क्षी विकास मन्त्री केशव पोखरेलले ४४ बुँदे प्रतिवद्वतापत्र सार्वजनिक गरेका छन् । गत माघ ११ गते बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्क्षी विकास मन्त्रीमा नियुक्त भएका पोखरेलले ४४ बुँदे प्रतिवद्वतापत्र सार्वजनिक गरेका हुन् । बुधबार मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री पोखरेलले आफ्नो कार्यकालमा गर्ने कामहरुको आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गरे । मन्त्री पोखरेलले प्रदेश भित्रका कृषकहरुलाई सहज र सर्वसुलभ रासायनिक, प्रा·ारिक तथा जैविक मल उपलब्ध गराउन तत्काल कार्ययोजना तयार पार्ने पहिलो प्राथमिकतामा राखेका छन् ।

अहिले संघीय सरकारबाट बागमती प्रदेशका लागि १७ हजार मेट्रिक टन मल मात्र आपुर्ति भइरहेको भएपनि पर्याप्त नभएको र संघीय सरकारलाई मलको कोटा बढाउन पहल गर्ने उनले बताएका छन् । प्रदेशभित्र रहेका किसानहरुलाई व्यवसायिकताको आधारमा वर्गीकरण गरी किसान परिचय पत्र वितरण गर्ने व्यवस्था छिटो मिलाइने उहाँले प्रतिवद्धता पत्रमा उल्लेख गर्नुभएको छ । यस्तै कृषि, पशुपन्क्षी र मत्स्य क्षेत्रमा विभिन्न रोगहरुको कारणबाट हुने क्षतिलाई न्यूनीकरण गर्न रोग नियन्त्रण पूर्व तयारी तथा प्रतिकार्य योजनाहरु कार्यान्वयन गरिने प्रतिवद्धता पत्रमा उल्लेख छ । कुखुरापालन व्यवसायको लागि दाना बनाउन आवश्यक पर्ने मकै आयातमा परनिर्भरतालाई कम गर्न दाना उद्योगको सहकार्य करारमा मकै खेती कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।

यस्तै खुला रुपमा मासुको बिक्री वितरण र ओसार पोसार कार्यलाई बन्देज गर्दै लैजाने मन्त्री पोखरेलले प्रतिवद्धता पत्रमा उल्लेख छ । उनले प्रदेश पोल्ट्री विकास वोर्ड गठन गर्ने कार्यलाई चालू आर्थिक वर्ष भित्र नै कार्यान्वयनमा ल्याई पोल्ट्री क्षेत्रमा देखिएको समस्यालाई सम्वोधन गरिने, प्रदेशभित्र रहेका किसानहरुलाई व्यवसायिकताको आधारमा वर्गीकरण गरी किसान परिचय पत्र वितरण गर्ने व्यवस्था यथाशक्य छिटो मिलाइने, कृषि व्यवसाय सञ्चालनको लागि बाली वस्तुहरुको उत्पादन, प्रशोधन र बजारीकरण सम्बन्धि कार्यको सुरुवाती चरणमा प्रदान गरिने बिउँ पूजीलाई बीउपूजी कोष मार्फत प्रभावकारी रुपमा कार्यान्वयन गरिने, कृषकले उत्पादन गरेका प्रमुख कृषि उपजहरुको बिक्री वितरण नभएको अवस्थामा न्यूनतम समर्थन मूल्य तोकी खरिद गर्ने व्यवस्था मिलाइने, प्रदेशलाई दूध, अण्डा, माछा–मासु, आलु, प्याज, लसुन र अदुवा लगायतका कृषि वस्तुहरुमा आत्मनिर्भर बनाउन उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमलाई थप विस्तार गरिने कुरालाई पनि आफ्नो प्रतिवद्वता पत्रमा समेटेका छन् ।

मन्त्री पोखरेलले गुणस्तरीय बीउविजन, मल, सिचाइ र प्रविधि मार्फत कृषि उत्पादन बढाइ कृषकको आयआर्जन वृद्धि गरी जिवनस्तर उकास्न परियोजनामा आधारीत कार्यक्रमहरु कार्यान्वयनमा ल्याइने, सार्वजनिक निजी सहकारीको साझेदारीमा आधुनिक साइलो भण्डारण निर्माण गरी न्यूनतम समर्थन मूल्यमा खाद्यान्न खरिद गरी भण्डारण गर्ने कार्यलाई कार्यान्वयनमा ल्याइने, भुगोल र वातावरण सुहाउँदो बाली वस्तुको पहिचान गरी आधुनिक खेती प्रणाली अवलम्वन गर्दै स्थान विशेष परियोजना सञ्चालन मार्फत चक्लावन्दी÷ सामुहिक खेतीलाई प्रोत्साहन गरिने र प्रदेशको सान, मौलिक कृषि हाम्रो पहिचान भन्ने अभियानका साथ प्रदेशमा रहेका रैथाने बालीको पहिचान गरी यसको संरक्षण, सम्वर्दन, प्रवद्र्धन र विस्तार गर्ने कार्यक्रम तयार गरि लागू गरिने जस्ता योजना बनाएर काम गर्ने प्रतिवद्वता जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*