निर्माण व्यवसायीको अध्यक्षमा ढकालद्वारा उम्मेदवारी घोषणा

साझाकुरा
२०७९ माघ २६, बिहीबार ०९:३४

हेटौंडा-निर्माण व्यवसायी संघ मकवानपुरको अध्यक्षमा श्याम ढकालले उम्मेदवारी घोषणा गरेका छन् । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै ढकालले निर्माण व्यवसायी संघ मकवानपुरको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । ढकाल यसअघि पनि संघको अध्यक्ष थिए । पुराना अधुरो कामहरु पूरा गर्न पुनः उम्मेदवारी दिन लागेको ढकालले बताए । संघको साधारणसभा यहि माघ २८ गते र निर्वाचन २९ गते हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*