मकवानपुरमा तीन दिन सालक दिवस मनाइने

साझाकुरा
२०७९ माघ २९, आईतवार १०:११

हेटौंडा- सालकलाई मकवानपुरको गौरवको जनावरको रुपमा घोषणा गर्ने तयारी भइरहेको अवस्थामा सालक दिवस पनि तीन दिनसम्म मनाइने भएको छ । राप्ती डिभिजन वन कार्यालय मनहरीको विशेष अग्रसरतामा सालकलाई मकवानपुरको गौरवाको जनावरकोरुपमा घोषणा गरिन लागेको हो । अन्तराष्ट्रीय सालक दिवस प्रत्येक वर्षको फेब्रुअरी महिनाको दोस्रो शनिपार मनाइने गरिन्छ । यस वर्ष नेपाली महिना अनुसार फागुन ६ गते परेको छ । दिवसको अबसर पारेर राप्ती डिभिजन वन कार्यालय मनहरीले फागुन ४, ५ र ६ गते सालक दिवस मनाउन लागेको हो । राप्ती डिभिन वन कार्यालय मनहरीका प्रमुख विष्णु प्रसाद आचार्यले दिवसको तयारी अन्तिम चरणमा रहेको बताए ।

तीन दिने कार्यक्रमको मुख्य दिन ५ गते कार्यालय परिसरमा विद्यार्थीको सहभागितामा सालक दिवस मनाइने उनले बताएका छन् । सालकलाई मकवानपुर जिल्लाको गौरवको जनावरको रुपमा घोषणा भने केही समय पछि गरिने उनले जानकारी दिए । जाडो महिनामा सालक दुलो भित्रै बस्ने भएकोले एकिन तथ्यांक नआएको कारण घोषणा कार्यलाई पछि सारिएको उनको भनाई छ । मकवानपुर जिल्लाको १ सय वटा भन्दा बढी सामुदायिक वनमा सालक रहेको जनाइएको छ । यसको तथ्यांक अझ बढ्न सक्ने भएकोले क्यामेरा ट्रयापिङको सहायताले गणना पनि गरिने आचार्यले बताए ।विशेषतः बैशाख, जेठको रातको समयमा मात्र यो जनवार बाहिर निस्कने भएकोले यसलाई सजिलै देख्न भनि सकिदैन् । ५ गते हुने कार्यक्रममा विद्यार्थीहरुद्वारा रचित सालक सम्बन्धि गीत, कविता अन्य रचनाहरु पनि समावेश गरिने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*