नेपाल शिक्षक संघको अध्यक्षमा हुमागाईं

साझाकुरा
२०७९ माघ २९, आईतवार १०:१३

हेटौंडा- नेपाल शिक्षक संघ मकवानपुरको अध्यक्षमा गणेशप्रसाद हुमागाई निर्विरोध निर्वाचित भएका छन् ।संघको नवौं जिल्ला अधिवेशनअन्तर्गत निर्वाचन प्रक्रियामा अध्यक्षसहित पदाधिकारी र सदस्यहरु सबै जना निविरोध निर्वाचित भएका हुन् । हुमागाईं यसअघि शिक्षक संघ मकवानपुर जिल्ला समितिको उपाध्यक्ष थिए । अध्यक्षमा निर्वाचित भएपछि अब शिक्षकहरुको समग्र हकहितका निम्ति आफु काम गर्न तयार रहेको अध्यक्ष हुमागाईले बताए । सबैले योग्य ठानेर निर्विरोध निर्वाचित गरेसँगै शिक्षा क्षेत्र र शिक्षकहरुको लागि आफु अग्रसर भएर काम गर्ने प्रतिबद्धता जनाए ।

अधिवेशनले संघको उपाध्यक्षमा केशव प्रसाद देवकोटा, महिला उपाध्यक्षमा उमा कोइराला, सचिवमा श्रीराम लुइटेल, सचिव अर्थमा धन बहादुर लामा, सह–सचिवमा राजु रेग्मी, सह–सचिव महिलामा निर्मला तिमल्सिना, सह–सचिव अर्थ महिलामा सुभद्रा लम्साल, सह–सचिव समावेशीमा मोहनराज लामा चयन भएका छन् । यसैगरी संघको जिल्ला सदस्यहरुमा देवेन्द्र प्रसाद यादव, लक्ष्मी शिवाकोटी, तिर्थमाया कोइराला, रुपाकुमारी दाहाल, धनञ्जय प्रसाद यादव, ध्रुवराज विष्ट, गणेश धिताल र श्रीबहादुर राई चयन भए ।

यसमा तपाइको मत

Your email address will not be published.


*