भिरबाट लडेर एक जनाको मृत्यु
हेटौंडा-मकवानपुरको उत्तरी क्षेत्रस्थित इन्द्रसरोबर गाउँपालिकामा बिवाह भोज खाएर फर्कने क्रममा एक जनाको भिरबाट लडेर मृत्यु भएको छ । शुक्रबार राती ११ बजेको समयमा इन्द्रसरोबर गाउँपालिका वडा नम्बर–२ डाँडाघर बस्ने ५३ को तर्थि लामा स्थानीय छिमेकीको घरमा बिवाह गई घरतर्फ फिर्ता हुने क्रममा भिरबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लामा ४० मिटर तल खसेका थिए । भिरबाट लडेको खवर प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी हवल्दार राजन भण्डारीको कमाण्डमा टोली खटिएको थियो । मकवानपुरका डाँडाँकाडाँ भएका क्षेत्रमा रातको समयमा हिड्दा बत्ति पनि नबोक्ने, साघुरा गोरेटो बाटो र मादक पदार्थ सेवन गरेर हिड्ने हुँदा भिरबाट लडेर मृत्यु हुनेको संख्या बढ्न थालेको छ ।







