२८ वर्षपछि एकीकृत अटोभिलेजको शिलान्यास

व्यवस्थित उपमहानगरको खोजी
साझाकुरा
२०७९ फाल्गुन १, सोमबार ११:१०

हेटौंडा-व्यवस्थित हेटौंडा उपमहानगरपालिकाको खोजी गर्दै बजारमा छरिएर रहेका अटो व्यवसायीहरुलाई एकीकृत गर्ने उद्देश्यले अटो भिलेज निर्माणको थालनी भएको छ ।बागमती प्रदेशको मुकाम हेटौंडालाई व्यवस्थित बनाउन मेयर मिनाकुमारी लामाले तरकारी बजारपछि अटो भिलेज निर्माणमा हात हालेकी हुन् । यसअघि उपमहानगरपालिकाले बसर्पाकको तरकारी बजारलाई १ नम्बर वडाको राप्ति खोला किरानमा स्थानान्तरण गरेर व्यवस्थित गरेको थियो । अब बजार क्षेत्रमा छरिएर रहेका वर्कशपहरुलाई व्यवस्थित गर्न अटो भिलेज निर्माण सुरु गर्न लागिएको हो । हेटौंडा उपमहानगरलाई सफा, सुन्दर र पर्यटकीय नगरी बनाउने अवधारणा अनुरुप एकीकृत अटो भिलेजको निर्माण थालिएको हो । हेटौंडा बजार क्षेत्रमा रहेका सबै साना तथा ठूला अटो व्यवसाय सवारी साधन मर्मत केन्द्रदेखि फलामका काम गर्ने व्यवसायलाई एकै ठाउँमा व्यवस्थित गर्न खोजिएको हो ।

बजार क्षेत्रम छरिएर रहेका सवारी मर्मत केन्द्रका कारण नगरको सौन्दर्यतामा समस्या देखिएको आवाज विगतदेखि नै चलेको थियो । बजारको सौन्दर्यमा सुधार गर्नका लागि हेटौंडा–११ को राप्ती नदी उकास जमिन करिब ३१ बिगाहा क्षेत्रफलमा अटोभिलेज निर्माणको तयारी उपमहानगरपालिकाले सुरु गरेको हो । जसका लागि हेटौंडा उपमहानगरकी प्रमुख लामाले आइतबार शिलान्यास गरेकी छन् । बागतमी सरकारका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको कार्यकालमा निर्माण गरिएको डीपीआरको आधारमा अटोभिलेज निर्माण गरिने उपमहानगरले जानकारी दिएको छ । बजार क्षेत्रका वर्कशपहरुलाई एकीकृत रुपमा व्यवस्थापन गर्ने योजना भने पुरानै हो ।

करिब २८ वर्ष अगाडि नै एकीकृत अटोभिलेज निर्माणको पहल थालिए पनि मेयर लामाले शिलान्यास गरिन् । अटो मेकानिक्स तथा इञ्जिनियरिङ एसोसिएसनले २०५३ सालदेखि अटोभिलेजको आवाज उठाएको थियो । २०५३ असोज ८ गते जग्गा उपलब्ध गराइदिन तत्कालीन नगरपालिकालाई आग्रह गरिएको अटो मोबाइल इञ्जिनियरिङ एसोसिएसनका अध्यक्ष आनन्दराम पौडेलले स्मरण गरे ।
तत्कालीन समयमा नगरपालिकाले जम्मा चार कठ्ठा जग्गा उपलब्ध गराउन भनेपछि नारायणी यातायात व्यवसायी संघले उपलब्ध गराएको जग्गाको क्षेत्रफल कम भएकाले प्रयोगमा ल्याउन नसकिएको अध्यक्ष पौडेलल बताए । २०६२ असोज १९ गते तत्कालीन चुरियामाई गाविसलाई गरिएको आग्रहबमोजिम २० बिगाह जग्गा उपलब्ध गराउने सिफारिससहित जिल्ला विकास समितिलाई २०६४ पुस १६ गते सिफारिस गरिएको थियो ।

तर, आधिकारिक निकाय जिल्ला प्रशासन कार्यालयले बेवास्ता गर्दा त्यही बेलादेखि अटोभिलेजको अवधारणा साकार हुन सकेको थिएन ।प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल हेटौंडा नगर प्रमुख रह“दा बनाइएको योजना उनी मुख्यमन्त्री भएर रकम बिनियोजन गरेपछि अटोभिलेजले पूर्णता पाउन सकेको अध्यक्ष पौडेलले स्मरण गरे । ‘यसअघि रातोमाटेमा पनि पूर्वाधार तयारीकोे लागि पहल
गरेका थियौं । तर, अवरोध भएपछि हामी ब्याक भएका हौं । तर, हामी निरन्तर खटेकै कारण र मुख्यमन्त्री पौडेलकै कारण शिलान्यास गर्न पाएका छौं’, अध्यक्ष पौडेलले भने ।

बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले गतवर्ष ५ करोड रुपैयाँ बजेटमा तटबन्ध गरेपछि अटो भिलेजलाई आवश्यक जग्गा निस्किएको थियो । शिलान्यास गरिएको क्षेत्रको जग्गा फिलिङ गर्नका लागि उपहानगरपालिकाले पहिलो चरणमा १४ लाख रुपैयाँ बिनियोजन गरेको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । उपमहानगरले विनियोजन गरेको रकमबाट पहिलो चरणमा जमिन समस्याउने सहितको काम थालिएको हो । अटोभिजेजको शिलान्यास गर्दै मेयर लामाले एकीकृत अटोभिलेज सञ्चालनका लागि उपमहानगर सहयोग र समन्वय गर्न तयार रहेको बताइन् । एकीकृत अटो भिलेजका नाममा सञ्चालन हुने स्थानमा व्यवसायीलाई आफूले चाहेको क्षेत्रफलको जग्गा लिजमा उपमहानगरले उपलब्ध गराउने उनले बताइन् । व्यवसायीले आफूलाई चाहेको डिजाइनको अस्थायी स्वरुपको टहरा निर्माण गरेर काम गर्न सकिने नगर प्रमुख लामाको भनाइ थियो ।

अटो भिलेजमा चार्जिङ स्टेशन, थ्रि–व्हीलर, फोर–व्हीलर सवारी मर्मत केन्द्र, खेल मैदान, स्वास्थ्य चौकी, हेबी सवारी मर्मत, हेवी इम्यूपमेन्ट मर्मत, पार्किङ र डम्पिङ साइड रहने अटो मोबाइल इञ्जिनियरिङ एसोसिएसनका अध्यक्ष पौडेलले बताए ।२०५४ सालमा बनेको योजना साकार भएपछि वर्कसप व्यवसायी खुशी देखिएको व्यवसायी शम्भु नकर्मीले बताए । शिलान्यास भएको स्थलमा २ सय ५० अटो व्यवसायीले अपनत्व लिने क्षेत्रमा सबै प्रकारका इञ्जिनियरिङ वर्कसपका काम हुने एसोसिएसनले जनाएको छ । अटोभिलेज निर्माणपछि बजार क्षेत्रका तीनपा·्र्रे सवारीसाधनको वर्कसप सोही क्षेत्रमा ल्याउन पहल गरिने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*