भीमफेदीमा कोइलाको धुवाँमा निस्सासिएर शिशुको मृत्यु
हेटौंडा- मकवानपुरको भीमफेदी गाउँपालिका–४ थानसिङमा कोइला बालेर सेक्दा निस्सासिएर ४ दिने शिशु (बालक) को मृत्यु भएको छ ।शनिबार घरमा कोइला बालेर सेक्ने क्रममा निस्सासिएर ४ दिनको शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।प्रहरीका अनुसार शिशुको मृत्यु भएपछि बाबु २६ वर्षीय रुपेश घले र आमा २२ वर्षीया विपना थिङ पनि बेहोस भएकी थिइन् । उनीहरुलाई शनिबार नै हेटौंडा अस्पतालमा उपचारको लागि ल्याइएको र विपनालाई थप उपचारको लागि चुरेहिल अस्पतालबाट भरतपुर पठाइएको छ ।घटनास्थल सुरक्षित राखिएको र थप अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।







