‘सडक बिस्तार अपरिहार्य’

हेटौंडा उपमहानगरले मनायो ५४ औं स्थापना दिवस
साझाकुरा
२०७९ फाल्गुन २, मंगलवार ११:४२

हेटौंडा- हेटौंडा उपमहानगरपालिका कार्यालयले सोमबार ५४ आंै स्थापना दिवस औपचारिक कार्यक्रम गर्दै मनाएको छ । उपमहानगरले आफ्नो स्थापना दिवसलाई पहिलोपटक औपचारिक रुपमा मनाएको हो ।हेटौंडा २०२६ सालमा गठन भएको थियो । त्यसयता वि.सं. २०११ र २०१८ सालको पहाडी क्षेत्रमा गएको बाढी पहिरो, त्रिभुवन राजपथ र पूर्वपश्चिम राजमार्गको निर्माण, भित्री मधेशको प्रमुख समस्या रहेको औलो उन्मुलन, हेटौंडा औद्योगिक क्षेत्रको स्थापनाको पृष्ठभूमिबाट शहरीकरण बढ्दै गएपछि ०२६ सालमा हेटौंडा नगर पञ्चायत गठन भएको थियो । तत्कालीन नगर पञ्चायत विगतमा मध्यमाञ्चल क्षेत्रको सदरमुकाम र राज्य पुनर्संरचनासँगै बनेको संघीयतामा बागमती प्रदेशको राजधानी हुन पुगेको छ ।

नगरपालिका गठनको सम्झनालाई उपमहानगरपालिकाले सोमबार कार्यक्रम गरी मनाएको हो । स्थापना दिवस कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा थिए । स्थापना दिवसका अबसरमा उपमहानगरले पूर्वनगर प्रमुखदेखि नगर प्रहरीसम्मका २३ जनालाई सम्मान गरेको छ । हेटौंडा उपमहानगरपालिकाले आफ्नो स्थापना दिवस पारेर उपमहानगरलाई अहिलेसम्मको अवस्थामा पु¥याउने पूर्वजनप्रतिनिधिदेखि हेटौंडाको विकासमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका २३ जनालाई सम्मान गरेको हो । उपमहानगरको ५४ आंै स्थापना दिवसमा आयोजित कार्यक्रममा उपमहानगरका पहिलो प्रमुख हरिबहादुर महत, तत्कालीन हेटौंडा नगरपालिकाका २ पटकका नगर प्रमुख डोरमणि पौडेल र निरशंकर श्रेष्ठलाई सम्मान गरिएको हो ।

नगरपालिकाको स्थापनादेखि नगरको विकास र जनमानसबीच नगरलाई पु¥याउन भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको उपमहानगरले जनाएको छ । त्यस्तै हेटौंडा नगरपालिकाका संस्थापक नगर प्रमुख बासुदेव रिजाललाईमरणोप्रान्त सम्मान प्रदान गरिएको छ । स्थापना दिवस पारेर उपमहानगरले नगरको विकासमा योगदान पु¥याएको मूल्याड्ढन गर्दै पत्रकारिता क्षेत्रतर्फ गोरखापत्र दैनिकका बागमती प्रदेश प्रमुख राममणि दाहाल, शिक्षातर्फ डेन्टीजंग शाह, वातावरणतर्फ श्यामप्रसाद श्रेष्ठ, खेलकुदतर्फ फुटबलकी पेमा डोल्मा लामा, सामाजिक क्षेत्रतर्फ चन्द्रबहादुर घलान, हिरादेवी दाहाल, साहित्यतर्फ तुल्सी थापा, स्वास्थ्यतर्फ वेला तुलाधर बैध, धार्मिकतर्फ ईश्वरी प्रसाद न्यौपाने, इतिहास खोजकर्तातर्फ केदारप्रसाद न्यौपाने र शिक्षामा पहिलो महिला प्रधानाध्यापक बेली थापालाई सम्मान गरिएको हो ।

उपमहानगरले २०२६ सालमा तत्कालीन नगरपञ्चायतको पहिलो माइन्यूटमा हस्ताक्षर गर्ने पुष्पहरि जोशी, गोपाल शर्मा, निरशंकर श्रेष्ठ, लक्ष्मी नेपालीलाई सम्मान गरेको छ । तत्कालीन हेटौंडा क्षेत्र पञ्चायतका प्रधानपञ्च बुद्धिलाल राजथलालाई मरणोप्रान्त सम्मान गरिएको थियो । तत्कालीन उपप्रधानपञ्च तिलकप्रसाद दुलाल, शम्भुप्रसाद भट्टराईलाई सम्मानगरिएको छ । उपमहानगरले भीमफेदीमा रहेको जिल्ला सदरमुकामलाई हेटौंडा ल्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै तत्कालीन मकवानपुर जिल्ला पञ्चायतका पहिलो महिला सभापति ओमुटेम्पा लामालाई सम्मान गरिएको थियो ।

५४ औं स्थापना दिवसमा बागमती प्रदेशका प्रदेश प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि यादवचन्द्र शर्मा, हेटौंडा उपमहानगरका प्रमुख मिनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले सम्मानपत्र हस्तान्तरण गरेका थिए । स्थापना दिवस पारेर हेटांैडा उपमहानगरपालिकामा कार्यरत २५ वर्ष सेवा अवधि पूरा गरेका ३८ कर्मचारीलाई दीर्घसेवा पदक, नगद २५ हजार राशिसहित बारुण यन्त्र र नगर प्रहरीका ९ जनालाई कर्तव्यनिष्ट र ९ जना उत्कृष्ठ कर्मचारीलाई नगद ७५ हजार रुपियाँसहित सम्मान गरिएको उपमहानगरका प्रवक्ता तथा १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले जानकारी दिए ।
स्थापना दिवस पारेर हेटौंडा नगरपञ्चायतका पहिलो नगर प्रमुख स्वर्गीय बासुदेव रिजालको संगमचोकमा रहेको अर्घकदको प्रतिमा उपमहानगरको प्रा·णमा स्थानान्तरण गरी अनावरण गरिएको छ । नगर प्रा·णमा स्थापना गरिएको अर्धकदको प्रतिमामा प्रदेश प्रमुख शर्मा, पूर्वनगर प्रमुखहरु पौडेल, महतसहित उपमहानगरका वर्तमान प्रमुख र उपप्रमुखले माल्यार्पण गरेका थिए । स्थापना दिवसमा नगर घण्ट (सिटी बेल) को स्थापना, हेटौंडा दर्पण स्मारिकाको बिमोचन र डिजिटल सूचना पाटी स्थापना गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन् ।
स्थापना दिवसमा कसले के भने ?
स्थापना दिवसको अबसरमा आयोजित कार्यक्रममा अधिकांशले नगरको सुन्दरता र सडक विस्तार आवश्यक रहेको औंल्याएका छन् ।वक्ताहरुले उपमहानगरद्वारा व्यवस्थित सहर निर्माणका लागि खेलेको भूमिकाको प्रशंसा गर्दैै फराकिलो सडक अपरिहार्य रहेको बताएका हुन् । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले देशको मध्य बिन्दुमा रहेको हेटौंडा उपमहानगरपालिकालाई व्यवस्थित सहरको रुपमा बिकास गर्न सुझाव दिए । शर्माले बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडाको बिकास मोडल देशभर पुग्न आवश्यक रहेको औंल्याएका हुन् । उनले चारै तिरबाट सडक सञ्जालले जोडिएको हेटौंडा आउने र जानेले यहाँको अनुशरण गर्ने भन्दै उनले शहरलाई व्यवस्थित बनाउन जोड दिए ।

२०४८ सालको परिवर्तन पछि नगरको बिकास सुरु भएपनि पर्याप्त विकास हुन नसकेकोतर्फ ध्यान दिन उनले जोड दिए । अहिले पनि बजारका सडक मर्मत हुन नसकेको अवस्थालाई सुधार्न सुझाव दिएका छन् । उनले राजमार्गको बिस्तार र सुधारका कार्यमा ध्यान दिन सबैलाई आव्हान् गरे । पूर्वनगर प्रमुख डोरमणि पौडेलले हेटौंडाले दिने सकारात्मक सन्देश मुलुकको सबै भागमा पुगेको बताए । हरित र सुन्दर सहरको रुपमा रहेको हेटौंडालाई बागमती प्रदेशको राजधानी सहरको रुपमा चिनाउन आवश्यक रहेको बताए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाले नगरको विकासका लागि सबैको भूमिका आवश्यक रहको बताइन् ।

लामाले बजारको सौन्दर्यता बढाउन २५ मिटर बाटो बिस्तार जरुरी रहेको भन्दै यसतर्फ संघ, प्रदेश सरकार र स्थानीय राजनीतिक दलहरु एक मत हुन आवश्यक रहेको बताएकी छन् । उनले पर्याप्त गुणस्तरीय पूर्वाधारसहितको सफा हेटौंडा स्वास्थ्य हेटौंडाको अभियानमार्फत् नगरबासीहरुको सहभागितामा स्वच्छ सृजनशील समृद्ध औद्योगिक नगरको परिकल्पनासहित मुलुककै उत्कृष्ट सहर निर्माणमा सबैको साथ सहयोगको अपेक्षा गरेको बताएकी छन् ।

कार्यक्रममा नेकपा एमाले मकवानपुरका उपाध्यक्ष लालबहादुर थापा, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, इन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*