वन व्यवस्थापनबाट १ सय ३८ घरधुरीलाई दाउरा

साझाकुरा
२०७९ फाल्गुन ३, बुधबार ११:३९

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–६, स्थित रानी सामुदायिक वनले वन व्यवस्थापन गर्दा १ सय ३८ घरधुरीले दाउरा पाएका छन् । रानी सामुदायिक वन उपभोक्ता समूहले चालु आर्थिक वर्ष २०७९÷०८० को स्वीकृत वार्षिक कार्यक्रमअनुसार वन व्यवस्थापन कार्य गरेको हो । समूहले ब्लक नम्बर ४, ५ र ६ को करिब २० हेक्टर क्षेत्रफलमा वन व्यवस्थापन कार्यबाट झाडीसुधार र रुख पत्ल्याउने काम गरेको जनाएको छ । वन व्यवस्थापन गर्नाले वनको उत्पादकत्वमा बृद्धि हुने, उपभोक्ताहरुको दाउराको मागलाई पूरा गर्न सकिने, वनको सौन्दर्यतामा बृद्धि हुने र काठको लागि उपयुक्त रुख तयार हुने सव डिभिजन वन कार्यालय, हेटौडाका सहायक वन अधिकृत रामचन्द्र श्रेष्ठले बताए ।

१ सय ३४ हेक्टर क्षेत्रफल रहेको यो सामुदायिक वनको घरधुरी ९ सय रहेको समूहले जनाएको छ । झाडी सुधार भएपछि १ सय ३८ घरधुरी उपभोक्ताहरुलाई दाउरा वितरण गरिएको वन कार्यालय सचिव भीमसेन पौडेलले जानकारी दिए । समूहका उपाध्यक्ष केशव धितालको संयोजकत्वमा ५ सदस्यीय वन व्यवस्थापन उपसमिति गठनगरी उक्त कार्य गरिएको समूहले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*