एकसय ५८ किलो गाँजासहित एकजना पक्राउ

साझाकुरा
२०७९ फाल्गुन ३, बुधबार ११:५४

हेटौंडा- शसस्त्र प्रहरीले एकसय ५८ किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको मनहरी–९ ज्यामिरेमा रोकी राखेको ना. ६ ख ४५२० नम्बरको डिब्बा ट्रकबाट एकसय ५८ किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको हो । शसस्त्र प्रहरी बल पोष्ट कत्लेखोलाको गस्ती टोलीले रोकी राखेको ट्रक चेकजाँच गर्ने क्रममा ट्रकको क्याबिनबाट एक सय ५८ किलो नौसय १२ वटा पोकामा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

रहरीले ट्रकको चालक र सहचालकको खोजी गर्ने क्रममा सोमबार राति नै सोही स्थानको नजिकैबाट जिल्लाको थाहा नगरपालिका–३ गोपालीगाउँ बस्ने १८ वर्षीय विशाल गोपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।उनका अनुसार ट्रक जिल्लाकै थाहा नगरपालिकाबाट मनहरी आएको थियो । तर, गाँजा लिएर कहाँ जान लागेको भन्ने खुलेको छैन । ट्रकका चालक फरार रहेको र खोजी कार्य भइरहेको डीएसपी कार्कीले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*