दुई सय ६४ जनाले गरे निःशुल्क स्वास्थ्य परीक्षण
हेटौंडा- मकवानपुरको मनहरी गाउँपालिका–३, शिद्धकालीमा भएको स्वस्थ्य शिविरमा दुई सय ६४ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । लायन्स क्लब अफ हेटौंडाले आयोजना गरेको एक दिने निःशुल्क बृहत् स्वास्थ्य शिविरमा दुई सय ६४ जनाले निशुल्क स्वास्थ्य परिक्षण गराएका हुन् । शिवरमा मकवानपुरको मनहरी गाउँपालिका–३, शिद्धकाली मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालका डाक्टरहरुले शिविरमा परीक्षण गरेका थिए । शिविरमा एमडीजीपी, स्त्री तथा प्रसुती र नाक, कान तथा घाँटी रोगको जाँच गरी सेवग्राहीहरुलाई औषधीसमेत वितरण गरिएको थियो । कार्यक्रमको सभाध्यक्ष क्लबका अध्यक्ष रमेश गिरी रहेका थिए ।
शिविरमा प्रमुख अतिथि मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, लायन्स क्लबका पीएमजेएफ शुदर्शन अधिकारी, जोन चियर पर्सन राजु नेपाल, स्कुल व्यवस्थपन समितिका अध्यक्ष प्रधानाध्यापक वडाका जनप्रतिनिधि सहभागी थिए । क्लबका प्रथम उपाध्यक्ष हरिवंश भेटुवालले स्वागत मन्तब्य व्यक्त गरेका थिए । क्लब सचिव रामकृष्ण चौलागाईंले संचालन गरेको शिविरको संयोजक क्लबका कोषाध्यक्ष तथा युवा व्यवसायी प्रदिप अर्याल रहेका थिए ।







