रेडियो थाहासञ्चारको सप्ताहव्यापी कार्यक्रम समापन
हेटौंडा- बिन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहासञ्चार ९९.६ मेघाहर्ज हेटौंडाको वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम समापन भएको छ । रेडियोले १५ वर्ष पुरा गरि १६ औ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजित सप्ताहव्यपाी कार्यक्रमको आईतबार समापन गरिएको हो । रेडियोले वार्षिकोत्सवको अवसरमा फागुन १ गतेबाट सुरु गरेको साताव्यापी कार्यक्रमको आईतबार समापन गरेको छ । समापन कार्यक्रम बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री एकलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी श्रेष्ठले रेडियो आवाज बिहिनहरुको आवाज बनेर काम गरिरहेको भन्दै आगामी दिनहरुमा राज्यको सेवाबाट बन्चित भएकाहरुका पक्षमा आवाज बनिदिन आग्रह गरे । मन्त्री श्रेष्ठले मुलुक निर्माणको चरणमा रहेको बताउँदै प्रदेश सरकारले जनताले अनुभूति गर्ने गरी जनतालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । श्रेष्ठले आफुले पाएको मन्त्रालयको जिम्मेवारी अन्तर्गत श्रमिक, युवाहरुलाई रोजगार तथा यातायातमा देखिएको विकृतीहरुलाई मध्यनजर गर्दै धेरै योजनाहरु अगाडि सारेको जानकारी दिए ।
उनले आफुले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाए लगत्तै सवारी साधनको अनुमति पत्र लिन १०० प्रतिशत ल्याउनुपर्ने व्यवस्था हटाएर ७० प्रतिशत पुर्णाक ल्याए पास हुने व्यवस्था ल्याएको बताउँदै प्रदेश सरकारमा रहेर आफूले प्रदेशको राजधानी हेटौंडालाई सुविधा सम्पन्न बनाउने योजना तयार पारेको उल्लेख गरे । साथै उनले हेटौंडाबाट प्रदेशका सबै जिल्लासम्म जोडिने यातायात सेवा स्थापित गर्ने प्रयास भइरहेको बताए । यसैगरी, कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले मुलुक परिवर्तनको लागि नागरिकमा खुशी ल्याउने काम
रेडियोले गरेको बताए ।
शर्माले रेडियो थाहाको फरक पहिचान भएको बताउँदै आगामी दिनमा पनि सशक्त भूमिका खेल्न शुभकामना व्यक्त गरे । त्यस्तै, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुुख (एसपी) बामदेव गौतमले समाजमा हुने विकृती विसंगतीहरु रोक्न रेडियोले महत्वपुर्ण भूमिका खेलिरहेको बताए । कार्यक्रममा रेडियोका प्रवन्ध निर्देशक अरुणराज सुमार्गीले थाहाको काम नै थाहा पाउने भएको बताए । सुमार्गीले रेडियो थाहाले रुपचन्द्र विष्टको अभियान निष्पक्ष सक्रियाताको अभियास लाई रेडियो थाहाले बोकेर अगाडि बढेको बताए ।
उनले रुपचन्द्र विष्टले मकवानपुर जिल्लाबाट राजनिति र समाजिक रुपमा त्यसलाई प्रतिपापदन गरेको दर्शनलाई नेपालको समाजबाट निरन्तर त्यसको बाटोमा हिड्नुपर्ने बताए । यसैबीच रेडियो थाहा सञ्चार हेटौंडाले १५ औं वार्षिकोत्सवको अवसरमा समाजसेवी सिद्धिलाल श्रेष्ठलाई थाहा वर्ष सम्मान गरेको छ । स्वास्थ्य, शिक्षा तथा समाजसेवामा अतुलनीय योगदान गर्दै आएका समाजसेवी श्रेष्ठलाई समाजका लागि पुर्याएको योगदानको उच्च कदर गर्दै मन्त्री श्रेष्ठले सम्मानपत्र हस्तान्तरण गरे ।
सम्मानपछि समाजसेवी सिद्धिलाल श्रेष्ठले समाजसेवामा पनि प्रतिस्पर्धा हुनुपर्ने बताए । आफ्नो सामाजिक सेवाको कर्मलाई सञ्चार माध्यमले प्रस्तुत गरिदिएकै कारण निरन्तर सामाजिक सेवाको क्षेत्रमा सक्रिय रहन प्रेरणा मिलेको पनि श्रेष्ठले बताए । रेडियो थाहाले वार्षिकोत्सवको अवसरमा आयोजना गरेको साताव्यापी कार्यक्रमअन्तरगत फागुन १ गते पहिलो दिन रेडियो परिसर सरसफाई, फागुन २ गते स्रोता मिलन कार्यक्रम, फागुन ३ गते ‘सम्झनामा रुपचन्द्र विष्ट’ विषयक अन्र्तक्रिया कार्यक्रम, फागुन ४ गते रक्तदान कार्यक्रम, फागुन ५ गते ‘सवारी दुर्घटना र यातायात व्यवस्थापन’ विषयमा सरोकारवालाहरु बीच अन्तरक्रिया र फागुन ६ गते मकवानपुरे सञ्चारकर्मीबीच घैटौं फुटाई प्रतियोगिता सम्पन्न गर्दै फागुन ७ गते १५ औं वार्षिकोत्सव समापन गरेको छ ।







