पालुङ क्याम्पसमा थप पदाधिकारी चुनिए
हेटौंडा- थाहा नगरपालिकास्थित पालुङ बहुमुखी क्याम्पसको २० औं परिषद् भेलापश्चात् गठित क्याम्पस सञ्चालक समितिमा पदाधिकारी चयन गरिएको छ ।क्याम्पसको निर्वाचित पदाधिकारीको पहिलो बैठकले सञ्चालक समितिको उपाध्यक्षमा सुरेन्द्रमान प्रधान र कोषाध्यक्षमा विमलकुमार ढकाललाई चयन गरेको छ । पदाधिकारीको बैठकले ७ सदस्यीय सचिवालय समिति गठन पनि गठन गरेको छ । सचिवालयमा अध्यक्ष विष्णुबहादुर विष्ट, उपाध्यक्ष सुरेन्द्रमान प्रधान, कोषाध्यक्ष विमलकुमार ढकाल, सदस्यहरु सुर्दशन कार्की, केदार कार्की, सगुनकुमार ढकाल र सदस्य सचिव राजन मिश्र रहेका छन् । क्याम्पसको विधान बमोजिम सल्लाहकारमा थाहा नगरपालिकामा रहेको प्रमुख ५ दलका अध्यक्ष तथा प्रमुख व्यक्तिहरुलाई तथा निवर्तमान अध्यक्षसहितको ६ जनालाई यस क्याम्पसको सल्लाहकारमा मनोनित गर्ने निर्णय भएको सदस्य सचिव तथा क्याम्पस प्रमुख राजन मिश्रले जानकारी दिए ।
बैठकबाट मनोज अधिकारीको संयोजकत्वमा भौतिक निर्माण समिति उपसमिति गठन भएको छ । उपसमितिमा केदार कार्की र सगुनकुमार ढकाल छन् । क्याम्पसको भौतिक पूर्वाधार निर्माणका लागि बागमती प्रदेश सरकारले बजेट दिने प्रतिबद्धता जनाएको छ । क्याम्पसको विधानबमोजिम थाहानगर उद्योग बाणिज्य संघका अध्यक्ष, वडा नम्बर ३ का वडा अध्यक्ष, क्याम्पसका प्राध्यापक ईकाइ अध्यक्ष, स्ववियुका सभापति, त्रिविका प्रतिनिधिलाई पदेन सदस्य रहने जनाइएको छ । स्रोत माविका अध्यक्षहरु मध्ये एक जना र थाहानगरमा रहेका सहकारी संस्थाका अध्यक्षहरु मध्येबाट एक जना गरी जम्मा २ जना पदेन सदस्य चयन प्रक्रियाको लागि ४ चैतमा क्याम्पसमा सहकारी तथा माविका अध्यक्षहरुको भेला गरी अन्तक्र्रिया तथा छलफलमार्फत् चयन गर्ने पनि निर्णय भएको छ ।







