लालझाडी र केनाम टोलमा कंक्रिट सडक शिलान्यास

साझाकुरा
२०७९ फाल्गुन १२, शुक्रबार ११:०२

हेटौंडा-कंक्रिट ढलान सडक निर्माणमा जुटेको हेटौंडा उपमहानगरपालिकाको दुई स्थानमा स्ल्याव ढलान (कंक्रिट) सडकको शिलान्यास गरिएको छ । चालु आर्थिक वर्ष २०७९÷०८० मा बजेट पुस्तिकमा समेटिएको योजनाअनुसार हेटौंडा–१ लालझाडीको बाराही, धाप र भट्टे टोल जाने तथा हेटौंडा–१२, स्थित केनाम टोल जाने सडक बिहीवार हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाले शिलान्यास गरेकी छन् । हेटौंडा–१ र १२ मा उपमहानगरपालिकाले चालु बजेट शीर्षकबाट विनियोजन गरेको रकमबाट सडक निर्माणको काम थालिएको हो । सडकको शिलान्यास गर्दै नगर प्रमुख लामाले गुणस्तरीयतामा ध्यान दिन निर्माण उपभोक्ता समितिलाई सचेत गराएकी छन् । उनले निर्माण सम्पन्न भएपछि अनुगमनका क्रममा त्रुटि पाइएमा गुनासो नगर्ने गरी काम गर्न सुझाव दिइन् ।

‘हामी नगरको विकासका लागि काम गरिरहेका छौं, नगरबासीले पनि हामीले बनाएका योजनालाई आत्मसाथ गर्दै नगरको समग्र विकासमा सहयोगी बनेमात्र कामले सार्थकता पाउछ’, नगर प्रमुख लामाले भनिन् । उपमहानगरपालिकाले नगर क्षेत्रका अन्य वडाहरुमा पनि सडक निर्माणको काम चलिरहेको हेटौंडा उपमहानगरपालिका शहरी पुर्वाधार विकास महाशाखा प्रमुख सत्यनारायण साहले जानकारी दिए ।उपमहानगरले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा दुईसय ५८ योजना सम्झौता भएकोमा ४८ वटा सम्पन्न गरेको छ । दुईसय १० वटा योजनाहरु कार्यान्वयनको चरणमा र गत आर्थिक वर्ष २०७८÷०७९ मा जिम्मेवारी सरेका मध्ये ८४ योजनाका काम सम्पन्न भएको महाशाखाले जनाएको छ । उपमहानगरको पूर्वाधार विकास कार्यक्रम अन्तर्गत् चालु आर्थिक वर्षको पहिलो चौमासिकमा तीन किलोमिटर कंक्रिट सडक, ४ वटा कल्र्भट, १ वटा शैक्षिक पुर्वाधार, ३ वटा गुम्बा, १० वटा मन्दिर, १ तटबन्धन, ४ शौचालय १२ सामुदायिक भवन, १ मदरसा र ४ वटा पार्कहरु निर्माणको काम सम्पन्न भएको बताइएको छ ।

महाशाखाको पूर्वाधार विकास कार्यक्रमतर्फ योजना तथा कार्यक्रम अनुगमन जाँचपास तथा फरफरक सिफारिस समितिले एकसय ३२ योजनाको अनुगमन तथा मूल्याड्ढन गरेर फरफारकका लागि कार्यालयमा सिफारिस गरेको छ भने अन्य महाशाखाले गरेको ९ वटा योजना अनुगमन गरी भुक्तानीका लागि सिफारीस गरेको बताइएको छ । त्यस्तै, पुर्वाधार विकास कार्यक्रमअन्तर्गत् उपमहानगरले हेटौंडा–१ चौकीटोलमा ३३ लाख ६६ हजार रुपैयाँको लागत सहभागिता तथा अन्य जिन्सी सामान उपलब्ध गराएर हेटौंडा–१०, टीसीएनमा रहेको तरकारी बजार स्थानान्तरको काम भएको महाशाखा प्रमुख साहले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*