सुन्दर सहकारीद्वारा ग्याँस सुरक्षासम्बन्धी सचेजना

साझाकुरा
२०७९ फाल्गुन १४, आईतवार ०९:३१

हेटौंडा, १३ फागुन÷ हेटौंडा चौकीटोलस्थित सुन्दर बचत तथा ऋण सहकारी संस्थाले खाना पकाउने ग्याँसबाट हुन सक्ने जोमिखबारे सचेतना जगाउने कार्यक्रम आयोजना गरेको छ । हेटौंडा–२ चौकीटोलस्थित सुन्दर सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा सहभागी एकसय ५० जना सहकारीका सदस्यहरुलाई खाना पकाउने ग्याँसबाट हुने जोखिमबारे जानकारी दिइएको छ । सहकारी संस्थाका अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक पुरुषोत्तम पराजुलीको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल ग्याँस उद्योगका प्राविधिकहरुले खाना पकाउने ग्याँसबाट हुनसक्ने जोखिमबारे व्यवहारिक ज्ञान दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि महर्जनले खाना पकाउने ग्याँस हरेक घरघरमा प्रयोग भइरहेको अवस्थामा हेटौंडामा उपमहानगरपालिकाले अनुदानमा विद्युतीय चुल्हो उपलब्ध गराउने तयारी गरेको जानकारी दिए । कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य तारा ढुंगानाले हरेक चुल्होमा बल्ने ग्याँसबारे सबैले जानकारी लिएर आफू सुरक्षित रहेर काम गर्नुपर्नेमा जोड दिए ।कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष तथा सहकारी संस्थाका सचिव सविन न्यौपानेले सहकारीले बचत तथा ऋणको अलावा अतिरिक्त कार्यमा पनि सहकारीले कार्य गरिरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*