तासिर बोर्डिङको वार्षिकोत्सव र अभिभावक दिवस

साझाकुरा
२०७९ फाल्गुन १४, आईतवार ०९:३२

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–७ नागस्वती स्थित तासिर इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलले १९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिठेबहादुर कार्कीको सभाध्यक्षतामा बार्षिकोत्सव र अभिभावक दिवस कार्यक्रम भएको हो । मन्त्री श्रेष्ठले रोबोटबाट कार्यक्रमको उद्घाटन गरेका थिए । श्रम मन्त्री श्रेष्ठले तासिर इङलिस बोर्डिङले मकवानपुरको शैक्षिक क्षेत्रमा खेलेको योगदानको प्रशंसा गरे । उनले शिक्षको गुणस्तरमा ध्यान दिन बोर्डिङलाई सुझाव दिएका छन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विनोदशर्मा थपलियाले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । विभिन्न कक्षामा अध्ययनरत् विद्यार्थीले बनाएको विज्ञान साम्रगी, शैक्षिक सामग्रीहरुको प्रदर्शन गरिएको थियो ।

कार्यक्रमको अवसरमा खाना महोत्सव पनि भएको छ । बोर्डिङको विभिन्न मितिमा आयोजना गरिएको अतिरिक्त क्रियाकलाप र शैक्षिक सत्रमा उत्कृष्ट र विद्यालयको प्रावि, आधारभूत र माध्यमिक तहमा उत्कृष्ट हुने तीन जना शिक्षक र एकजना कार्यालय सहयोगीलाई सम्मान र पुरस्कृत गरिएको छ ।कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष दामोदर गौतम, शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका प्रमुख दिनानाथ गौतम, प्याब्सन बागमती प्रदेश अध्यक्ष केशवलाल श्रेष्ठ, ७ नम्बर वडा सदस्य दिनेश थापामगर, प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदी, न्युरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष ज्ञानबहादुर क्षेत्री, विद्यालयका संस्थापक अध्यक्ष राजन थापालगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*