बालमैत्री घोषणा गर्न नगर र वडा सहजकर्तालाई तालिम

साझाकुरा
२०७९ फाल्गुन १५, सोमबार ०९:२४

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाले बालमैत्री स्थानीय शासन अबलम्बन घोषणा अभियानलाई तीव्रता दिएको छ ।बालमैत्री पालिका घोषणाको तयारीमा जुटेको हेटौंडाले नगर र विभिन्न वडाका सहजाकर्ता तथा वडाका सम्पर्क व्यक्तीका लागि तालिम सञ्चालन गरेको छ । २०८० सम्म बालमैत्री घोषणाको तयारीमा रहेको उपमहानगरले नियुक्त गरेको १ नगर र १९ वडाका २० जना सहजकर्तासहित सम्पर्क व्यक्तीहरुलाई बालमैत्री स्थानीय शासन सम्बन्धि क्षमता विकास तालिम दिएको हो ।

तालिमका क्रममा सजकर्ताहरुलाई नगरका विभिन्न वडामा रहेका घरहरुमा रहेको बालवालिकाको तथ्याङक संकलनका क्रममा गर्ने समन्वय तथा सहजिकरणका बिषयमा जानकारी गराइने उपमहानगरका महिला तथा वालवालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले बताइन् ।उपमहानगरले हाललाई असार मसान्त सम्मका लागि नियुक्त गरेको सहजकर्ता टोलीलाई तालिमसँगै काममा परिचालन गरिने छ । तालिममा हेटौंडा उपमहानगरका प्रमुख तथा बालमैत्री स्थानीय शासन नगर समन्वय समितिका संयोजक मिनाकुमारी लामाले नगरले लिएको लक्ष्यलाई पुरा गर्ने जिम्मेवारी दृढताका साथ पुरा गर्न निर्देशन दिएकी छन् । उपमहानगरले दिएको जिम्मेवारीलाई गम्भिर रुपमा लिँदै समाज रुपान्तरणको काममा सक्रियताका साथ लाग्नु पर्ने बताइन् ।

उनले अनुशासित र मर्यादित भएर काममा लाग्दै नगरको विकासमा सहयोग पु¥याउने जोड दिइन् । कामको गर्ने क्रममा समाजसँगै जोडिनका लागि जनप्रतिनिधिको आवश्यकता रहने भएकाले उनीहरुको सल्लाह सुझावअनुसार काम गर्न सुझाव मेयरको छ ।जनताबाट अनुमोदित भएको जनप्रतिनिधिलाई अटेर गर्ने काम नगर्न उनको निर्देशन थियो । चार दिनसम्म सञ्चालन हुने तालिममा बालमैत्री शासनका राष्ट्रिय प्रशिक्षक बिष्णुप्रसाद चौबे प्रशिक्षक रहेका छन् । कार्यक्रम मेयर लामाको सभाध्यक्षतामा भएको हो । उपमहानगरले बालमैत्री नगर घोषणाका लागि १ नगर सहजकर्ता, १९ वडा सहजकर्ता र ३० जना तथ्यांक संकलक गरी ५० जनालाई नियुक्त गरेको छ । सरकारले २०८७ सम्म नेपालललाई बालमैत्री राष्ट्र घोषणा गर्ने लक्ष्य कार्यान्वयनका लागि उपमहानगरले अभियान सञ्चालन गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*