मनकामना सामुदायिक वनको अध्यक्षमा मुक्तान
हेटौंडा, १७ फागुन÷मनहरी गाउँपालिकामा रहेको मनकामना सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा शुरेश मुक्तान चयन भएका छन् ।वनको साधारणसभाबाट मुक्तानलाई अध्यक्षमा चयन गरेको हो । सचिवमा गीता शाही, कोषाध्यक्षमा मनिषा स्याङ्तान, उपाध्यक्षमा बालकृष्ण मोक्तान र सहसचिवमा शंकर श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा लक्ष्मी प्रजा, चित्र कुमारी थिङ, निर्मला गोले, दिल माँया प्रजा, गगन कर्माचार्यलाई सदस्यमा सर्वसम्मत चयन गरेको छ ।
निवर्तमान अध्यक्ष चन्द्रबहादुर पौडेलको सभाध्यक्षतामा भएको भेलामा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो भने उपाध्यक्ष सिता पुलामी मगर, सव डिभिजन वन कार्यालय मनहरीका प्रमुखको विशेष आतिथ्यता रहेको थियो ।सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष कालाखेतीले वन समितिहरुले पारदर्शीढंगले वन संरक्षण र सम्बर्धनका लागि राम्रो काम गर्न नसकिरहेको भन्दै नयाँ समितिलाई वन सम्बद्र्धन, प्रवद्र्धन र संरक्षणमा उदाहरणीय काम गर्न सुझाव दिए ।







